NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

दैनिक आठ घन्टा भन्दा बढी काम गर्नु स्वास्थ्यका लागि हानिकारक

अफिसमा दिनको आठ घन्टाभन्दा बढी काम गर्दा देखिन सक्छ यस्तो समस्या हानिकारक

निजी क्षेत्रमा काम गर्ने प्रत्येक व्यक्तिलाई कामको दबाबको राम्रो ज्ञान हुन्छ । टाइमलाइनमा बाँधिएर काम गर्नु, डेडलाइनभित्र काम सक्नु र अधिकतम राम्रो परिणाम दिन कोशिश गर्नुले तनाव दिन्छ । तर त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा त, दिनमा आठ घन्टाभन्दा बढी काम गर्दा बिरामी परिन्छ ।

मनोवैज्ञानिकहरूका अनुसार, लामो शिफ्टमा काम गर्नेहरूलाई केही समयपछि एक्लोपनको भाव आउन थालछ । संवादहीनता तथा परिवार र साथीभाइसँग समय बिताउन नपाउँदा उनीहरू एक्लो अनुभव गर्छन् । उनीहरू समाजमा टाढिन पुग्छन् ।

एक मानिसले दिनमा कति घन्टा काम गर्नुपर्छ भन्ने विषयमा एक संस्थाले गरेको अनुसन्धानमा आठ घन्टा अधिकतम समय भएको देखाएको छ । तर कर्पोरेट सेक्टरमा कर्मचारीहरू त्यसभन्दा निकै बढी काम गरिरहेका हुन्छन् ।

त्यसैले कर्मचारीहरूमा तनाव र अवसाद व्यापक देखिन थालेको छ ।
युवा कर्मचारीहरूको व्यवहारका तीव्रताका साथ बढिरहेको नकारात्मकताको ठूलो कारण भनेकै उनीहरूको शारीरिक र मानसिक थकान हो । उनीहरूसँग व्यायामका लागि समेत समय हुँदैन र कार्यालय समय सकिएपछि ऊर्जा पनि बच्दैन ।

अनि उनीहरू बिस्तारै आफैंमा मात्र सीमित हुन थाल्छन् । मनका कुरा र दिमागका पीडा कसैसँग शेयर गर्न नपाउँदा उनीहरूमा इरिटेसन बढ्न थाल्छ । त्यसले उनीहरूको तनावलाई थप बढाउँछ ।

विशेषगरी निजी क्षेत्रमा काम गर्ने युवाहरूमा करीयर ग्रोथ र आफूलाई साबित गर्ने अत्यधिक दबाब हुन्छ । उनीहरू चाहेर पनि आफ्ना सोखका लागि समय निकाल्न पाउँदैनन् । उनीहरूले आफूलाई सर्वोत्तम साबित गर्नका लागि पनि समयभन्दा बढी काम गरिरहेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page