Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

बालुवाटार ‘भित्रिया’ को चलखेल : जसको कारण गलहत्याइए लिलामणि पौड्याल

काठमाडौं । मन्त्रिपरिषद्ले आइतबार साँझ लिलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ । पन्ध्र दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउनुको कारणबारे बजारमा विभिन्न हल्ला व्याप्त छन् । प्रधानमन्त्रीसँग मत नमिलेकोदेखि प्रचण्डसँग बदला लिनसम्मका हल्ला भएपनि भित्री र खास कारण अर्कै रहेको परराष्ट्रमा गाइँगुइँ छ ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ – अहिले चलेको हल्ला सही हो भने पहिल्यै नै पौड्याल फिर्ता भैसक्नुपर्ने थियो । तर, अहिले आएर हठात् यस्तो निर्णय हुन गयो । त्यसो भए किन गलहत्याए त लिलामणि ?

बेइजिङस्थित अहिलेको नेपाली दूतावास चार दशकअघि बनेको हो । पुरानो भव भएकाले मक्किएर भत्किन लागेको छ । परराष्ट्रका एक जना उच्च अधिकारीका अनुसार भवनमा पानी पसेर दुःख दिनेगर्छ ।

पौड्याल गएपछि नयाँ भवन बनाउने योजना अगाडि सारे । सोही अनुसार केही महिनाअघि नेपाल सरकारले इञ्जिनियर पठायो । चिनियाँ सरकारको रोहबरमा इस्टिमेट भयो । एक अर्ब ४० करोड नेपाली रुपैयाँको लागत तयार भयो र त्यसैलाई मन्त्रालयले स्वीकृत पनि ग¥यो । कोरोनाभाइरसको संक्रमण नभएको भए यतिबेला नयाँ भवन निर्माणको काम थालिसक्थ्यो ।

लिलामणिलाई फिर्ता बोलाउनुको एउटा कारण त्यही पैसाको चलखेल हुनुपर्छ । यति ठूलो बजेट हुँदा कम्तीमा पनि १० प्रतिशत कमिसन आउँछ । त्यो भनेको १४ करोड रुपैयाँ हो । भ्रष्टाचार नै गर्ने हो भने ३० करोड जति हिनामिना हुनसक्छ ।

तर, लिलामणि बेइजिङमा रहँदासम्म एक पैसा पनि झर्ने कसैले ठानेनन् । जम्मा ८ महिना कार्याविधि बाँकी रहे पनि उनकै कार्याकालमा नयाँ भवन बनाउने परियोजना शुरु हुने निश्चित जस्तै भयो ।

खराब व्यापारीहरुले चलखेल गर्न थाले । यसमा मुख्य भूमिका वालुवाटरका एक जना भित्रिया र केही व्यापारीले खेलेको स्रोत बताउँछ । मन्त्री प्रदीप ज्ञवालीले शुरुमा आफ्नै जिल्लावासीलाई हठात हटाउन मानेका थिएनन् । तर, चर्को दबाब आएपछि उनी पनि बाध्य बने ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE