काठमाडौं । निर्भया हत्याका चारै दोषीलाई आगामी २० मार्चमा फाँसी दिइने भएको छ । दिल्ली अदालतले बिहिबार फैसला गर्दै निर्भया हत्याका चारै जना दोषीलाई आगामी २० मार्चको बिहान ५ः३० मा फाँसी दिन आदेश गरेको हो ।
यसअघि दोषीहरुले कानूनी विकल्पको प्रयोग गर्दा ‘डेथ वारेन्ट’ मिति सर्दै आएको थियो ।
दिल्ली सरकारले नयाँ डेथ वारेन्ट तोक्न माग गर्दै गरेको निवेदनमा बिहिबार अदालतले फैसला गरेको हो । यसअघि बुधबार मात्रै राष्ट्रपति रामनाथ कोविन्दले दोषी पवन गुप्ताको दया याचिया खारेज गरिदिएका थिए ।
अदालतको फैसलापश्चात निर्भयाकी आमाले आफ्नी छोरीको हत्यारालाई फाँसी हुनेमा विश्वास व्यक्त गरेकी छिन् । भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले फाँसी नभएसम्म लडिरहने बताईन् ।
तीन पटकसम्म सरेको थियो डेथ वारेन्ट
निर्भया बलात्कार तथा हत्या मुद्दाका ४ जना दोषीलाई फाँसी दिइने भनि गरिएको निर्णय तीन पटकसम्म सरेको थियो ।
पहिलो पटक – २२ जनवरीको बिहान ६ बजे फाँसी दिन तय, तर रोकियो ।
दोस्रो पटक – १ फ्रेबुअरीमा फाँसी दिन तय, तर रोकियो ।
तेस्रो पटक – ३ मार्च बिहान ६ बजे फाँसी दिन तय, तर दोषी पवनको साथमा कानूनी विकल्प हुँदा फाँसी पुनः टलेको थियो ।
२०१२ डिसेम्बर १६ मा भएको थियो हत्या
दिल्लीको पैरामेडिकल कलेजकी छात्रा निर्भयामाथि १६ डिसेम्बर २०१२ को रात ६ जना व्यक्तिहरुले चलिरहेको बसभित्र बलात्कार गरेका थिए । गम्भिर अवस्थामा भेटिएकी उनको २६ डिसेम्बरको दिन उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाको ९ महिनापश्चात सेक्टेम्बर २०१३ मा भारतको तल्लो अदालतले ५ दोषी राम सिंह, पवन, अक्षय, विनय र मुकेशलाई फाँसीको सजायँ सुनाएको थियो । २०१४ मा उच्च अदालत र २०१७ मा सर्वौच्च अदालतले फाँसीको निर्णयलाई सदर गरेको थियो ।
अदालती प्रक्रिया चलिरहेको बेला बलात्कारका मुख्य दोषी राम सिंहले तिहाड जेलमा फाँसी लगाएर आत्महत्या गरेका थिए । एक दोषी नाबालिग भएको कारण ३ वर्षपछि सुधार गृहबाट छुटेका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: