एजेन्सी । क्यालिफोर्निया राज्यकी सिनेटर कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिका आकाँक्षी जो बाइडेनलाई समर्थन गर्ने औपचारिक घोषणा गरेकी छिन्। गत डिसेम्बरमै उम्मेदवारी परित्याग गरेकी ह्यारिसले बाइडेनलाई जिताउन आफूले सक्दो मद्दत गर्ने पनि बताएकी छिन् ।
अमेरिकी डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार छनौटको दौडमा अब पूर्व उपराष्ट्रपति जो बाइडेन र सिनेटर बर्नी स्यान्डर्स मात्र रहने छन् । दुबैमध्ये एक जनाले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लीकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।
यही मङ्गलबार छ वटा राज्यमा चुनाव हुनुअघि ह्यारिसको घोषणा हुनुले बाइडेनलाई फाइदा पुग्ने अनुमान गरिएको छ । अमेरिकी दुई ठूला राज्यहरु मिसिगन र मिसिसिपी समेत छ वटा राज्यमा चुनाव हुँदैछ ।
गत मंगलबार सम्पन्न १४ वटा राज्यको चुनावले धेरै उम्मेदवारलाई पाखा लगाएको थियो । यीमध्ये १० वटा राज्यमा बाइडेनले चुनाव जितेका थिए भने क्यालिफोर्निया समेत ४ राज्यमा स्यान्डर्स विजयी भएका थिए ।
स्यान्डर्सलाई पछिल्लो पटक नागरिक अधिकारका पक्षमा वकालत गर्ने अमेरिकी विशिष्ट अश्वेत नागरिक जेसी ज्याक्सनले समर्थन रहेको छ । मिसिगनको ग्रान्ड र्यापिड्समा आयोजित चुनावी सभामा स्यान्डर्ससँगै ज्याक्सन उपस्थित रहेका थिए ।
स्यान्डर्सको चुनावी अभियानले प्रकाशन गरेको विज्ञप्तिमा ज्याक्सनलाई स्यान्डर्सले गरेको आमन्त्रणलाई सहर्ष स्वीकार गरेका थिए तर बाइडेनले ज्याक्सनलाई एक पटक पनि नसम्झेको उल्लेख छ ।
बाइडेनका पूर्व प्रतिस्पर्धीहरु एमी क्लोबुचार, पिट बुटिजिज, बेटो ओरुर्की, माइक ब्लूमबर्ग, टिम रायन, डेभाल प्याट्रिक र जोन डिलानीले उम्मेदवारी परित्याग गरी बाइडेनलाई समर्थन गरेका छन् । स्यान्डर्सलाई भने मारिएन विलियम्सन र बिल डी ब्लासिओले समर्थन रहेको छ ।
यसैबीच, आइतबार मिसिसिपीका दुई जना वरिष्ट डेमोक्र्याट्स पूर्व गभर्नर रे माबुस र पूर्व राष्ट्रपति बिल क्लिन्टनको कार्यकालका कृषि मन्त्री माइक एसपीले पनि बाइडेनलाई समर्थन गरेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: