Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

महिला र बच्चामा भन्दा पुरुषमा कोरोनाको जोखिम बढि

काठमाडौं । पुरुषको तुलनामा महिला र बच्चामा कोरोनाले कम असर गरेको पाइएको छ । चिनियाँ सेन्टर्स अफ डिजीज कन्ट्रोलले गरेको अध्ययनअनुसार कोरोनाको जोखिम पुरुषमा बढि देखिएको हो । मृतक तथा संक्रमितको आंकडालाई अध्ययन गर्दा महिला र बच्चाको संख्या कम पाईएको हो ।

जनाईएअनुसार कोरोना भाइरसको संक्रमणबाट मर्ने पुरुषको संख्या महिलाको भन्दा दोब्बर छ । साथै युवा तथा वयश्क व्यक्तिको तुलनामा बच्चाको संख्या अधिक कम रहेको छ ।

चिनियाँ सेन्टर्स अफ डिजीज कन्ट्रोलले ४४ हजार कोरोना संक्रमित व्यक्तिको बारेमा अध्ययन गरेको थियो । संक्रमित मध्ये २.८ प्रतिशत पुरुषको ज्यान गएको थियो भने १.७ प्रतिशत महिलाको ज्यान गएको थियो । जसमध्ये ०.२ प्रति बच्चाको ज्यान गएको थियो । ज्यान जाने पुरुषमा अधिकांश बृद्ध उमेर समुहका रहेको पाइएको छ ।

जीवनशैलीको कारण पुरुष बढि जोखिममा

वैज्ञानिकहरुले कोरोना भाइरसको जोखिम महिलामा भन्दा पुरुषमा बढि हुनुको पछाडि जीवनशैली नै महत्वपूर्णँ भएको बताएका छन् । वैज्ञानिकहरुले महिलाहरुले अपनाउने सामान्य जीवनशैली नै उपयुक्त भएको ठहर गरेका छन् ।

धुम्रपान र मद्यपानसँगै दैनिक जीवनमा पुरुषहरुले प्रयोग गर्ने कुराहरुले बढि जोखिम निम्त्याएको वैज्ञानिकहरुको ठहर छ । जीवनशैलीको कारण पुरुषको भन्दा महिलाको शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढि भएको वैज्ञानिकहरुले विश्लेषण गरेका छन् ।

यूनिभर्सिटी अफ ईष्ट एंगलियाका प्रोफेसर पाल हन्टर महिलामा आन्तरिक रुपमै पुरुषको भन्दा फरक प्रतिरक्षा प्रक्रिया हुने बताउँछन् । उनि प्रतिरक्षा तन्त्रको सक्रियताको कारण नै महिलाहरुले शरिरले एन्टीबडीको उत्पादन बढि गर्ने र फ्लुजस्ता समस्याहरु कमजोर हुने बताउँछन् ।

गर्भवती महिलामा पनि कोरोना जोखिम

आधिकारिक रुपमा वैज्ञानिकहरु निष्कर्षमा नपुगेको भएपनि गर्भावस्थामा कमजोर हुने प्रतिरक्षा प्रणालीको कारण जोखिम बढि हुने बताउँछन् । वैज्ञानिकहरु कोरोना भाइरसका कारण शरिरमा देखिने समस्याहरुबाट गर्भवती महिलाहरु गम्भिर रुपबाटै प्रभावित हुने बताउँछन् ।

अन्य सामान्य मानिसहरुले भन्दा गर्भवती महिलाले विशेष ध्यान दिनुपर्ने उनिहरुको राय छ । आफ्नो सरसफाई र खानपिनमा विशेष ध्यान दिएर कोरोनाबाट जोगिनु नै सबैभन्दा उत्तम विकल्प भएको उनिहरुको निष्कर्ष छ । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy