Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

चीनमा कम हुँदै कोरोनाको प्रभाव, बुहानमै बन्द भए ११ अस्थायी अस्पताल

काठमाडौं । चीनमा कोरोनाको प्रभाव कम हुँदै गएको छ । गत तीन महिनादेखि खतनाक कोरोना भाइरसको प्रकोपसँग जुधिरहेको चीनमा पछिल्लो समय कोरोनाको प्रभाव कम हुँदै गएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार कोरोना अति प्रभावित बुहान बाहेक अन्य क्षेत्रमा कोरोना संक्रमण र मृत्युको खबर आएको छैन् । कोरोनाको प्रभाव कम भएसँगै उपचारको लागि बुहानमा बनाइएको ११ अस्थायी अस्पताल पनि बन्द भएका छन् ।

चीनमा नयाँ संक्रमितको दर पनि घट्दै आएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको रिपोर्टअनुसार सोमबार चीनमा ४० जना नयाँ संक्रमित भेटिएका थिए । जसमध्ये ३६ बिरामी बुहानका थिए । बाँकी चार जना गांसू प्रान्तका थिए । भेटिएका चार जना इरानबाट फर्किएका थिए ।

गत डिसेम्बर अन्तिम साता बुहानदेखि फैलिएको कोरोना भाइरस अहिले चीनसहित १०१ देशमा पुगेको छ । विश्वभर १ लाखभन्दा बढि मानिस यस भाइरसबाट प्रभावित छन् । तर चीनमा भने यसको प्रभाव कम हुँदै गएको छ ।

दक्षिण कोरियामा पनि कोरोना प्रभाव कम हुँदै

यता दक्षिण कोरियामा पनि कोरोना संक्रमणको प्रभाव कम हुँदै गएको छ ।

आइतबार सार्वजनिक तथ्यांकअनुसार दक्षिण कोरियामा २४८ जना नयाँ बिरामी भेटिएका छन् । पछिल्लो दुई हप्ताको तथ्यांकअनुसार आइतबार भेटिएका नयाँ बिरामीको संख्या सबैभन्दा कम हो ।

दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले कोरोना संक्रमणको दर कम हुँदै गएकोमा खुसी व्यक्त गरेका छन् । उनले आवश्यक सावधानी र तत्कालै उपचार हुन सक्दा संक्रमण घटिरहेको बताए । जनाइएअनुसार कोरियामा बिरामी भई अस्पताल भएका अधिकांश भाइरसमुक्त भएर घर पनि फर्किएका छन् ।

१०० वर्षीया पीडित कोरोनाबाट मुक्त

चीनमा १०० वर्षीया एक बृद्ध कोरोना भाइरसबाट पूर्णं मुक्त भएका छन् । चिनियाँ सञ्चार माध्यमले जनाएअनुसार ती बृद्धलाई शनिबार नै अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

बृद्धलाई गत २४ फ्रेबुअरीमा हुबेइ प्रान्तको एक अस्पतालमा भर्र्ना गरिएको थियो । उनि कोरोना हुनुअघि अल्जाइमरका साथ साथै उच्च रक्तचापबाट पनि पीडित थिए । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy