Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

संविधानको मस्यौदामा जनताले आफ्ना सुझाव इमेल गर्न पाउने

२४ असार, काठमाडौँ । नेपालको संविधान, २०७२ माथिको सुझाव नागरिकले इमेल गरेर पनि पठाउन सक्ने भएका छन् ।

संविधानसभा सचिवालयले त्यसका लागि आवश्यक व्यवस्था गरेको छ । पछिल्लो समयमा सूचना तथा सञ्चारको पहुँच आमनागरिकमा पुगेकाले सो व्यवस्था गरिएको हो ।

सुझावका लागि संविधानसभा सचिवालयको वेबसाइट www.can.gov.lp/draft मा पढन् र हेर्न सकिनेछ भने इमेल comt.crcs@gmail.com मा इमेल गर्न सकिनेछ । स्वदेश तथा विदेशमा रहेका नागरिकले सहज रुपमा विद्युतीय माध्यमबाट सुझाव दिन सक्नेछन् ।

विद्युतीय माध्यमबाट सुझाव दिने व्यवस्था गरिएको भए पनि सामाजिक सञ्जालबारे केही उल्लेख गरिएको छैन । पछिल्ला दिनमा फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल लोकप्रिय रहेपनि त्यससम्बन्धी व्यवस्था गरिएको छैन ।

मस्यौदामा चित्त नबुझेका विषयमा नागरिकले पोष्ट बक्स नं २००९९, फ्याक्स नं ४२००१९४, ४२०००५३, ४२००१४१ र पैसा नलाग्ने टोल फ्री नं १६६००१२२३४४ मा फोन गरेर आफूलाई लागेको सुझाव दिन सक्नेछन् ।

मुलुकभित्रका नागरिक र विदेशमा रहेका नागरिकले पनि सोही वेबसाइटमा अध्ययन गर्न सक्नेछन् भने इमेल ठेगाना लउबच।िष्लतभचलबतष्यलब२िअबल।नयख।लउ मा इमेल गर्न सक्नेछन् । सो कार्यका लागि विदेशस्थित कूटनीतिक नियोग, विदेशमा अध्ययन, व्यवसाय वा अन्य विभिन्न कामका सिलसिलामा पुगेका सबै नागरिकले आवश्यक सहयोग गर्न सक्नेछन् ।

२४० वटै निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाइ गरिने संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले ७५ जिल्ला र २४० निर्वाचन क्षेत्रमा संविधानको पहिलो मस्यौदाबारे सार्वजनिक सुनुवाइमार्फत सुझाव लिने भएको छ ।

सुझाव लिने कार्ययोजनासम्बन्धी प्रस्ताव आज बसेको संविधानसभाको बैठकले पारित गरिसकेको छ । प्रत्येक जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चालन हुने कार्यक्रमका सम्बन्धमा जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको समन्वय र सहकार्यमा जिविस, नगरपालिका र गाविसमा मस्यौदा उपलब्ध गराउने र सुझाव सङ्कलन गरिनेछ ।

सो कार्य आजदेखि १५ दिनसम्म निरन्तर अगाडि बढ्ने कार्ययोजनामा उल्लेख छ । सुझाव सङ्कलनका लागि शुक्रबार गोरखापत्र राष्ट्रिय दैनिकमा मस्यौदाको पूर्ण अंश प्रकाशित गर्ने, बढीमा दुई लाखप्रति मस्यौदा पुस्तिका गोरखापत्र संस्थान र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छाप्ने व्यवस्था मिलाइएको छ ।

जिल्लाभित्रका प्रत्येक निर्वाचन क्षेत्रमा सञ्चालन हुने कार्यक्रमका लागि आवश्यक कर्मचारी प्रमुख जिल्ला अधिकारीले उपलब्ध गराउने, आवश्यक व्यवस्थापन गर्ने, सर्वपक्षीय बैठक आयोजना गर्ने र सुरक्षा व्यवस्था प्रदान गर्नुपर्नेछ ।

संविधानको प्रारम्भिक मस्यौदा र यसका विशेषतालाई विभिन्न सञ्चार माध्यमले आजैदेखि निरन्तर प्रकाशन तथा प्रसारण गर्नेछन् । एफएम रेडियो, टेलिभिजन, अनलाइन मिडिया र पत्रपत्रिकालाई प्रकाशन तथा प्रसारणको लागि आग्रह गरिसकिएको सभापति प्रमिला राणाले जानकारी दिए ।

काठमाडौँमा अन्तरक्रिया र पत्रकार सम्मेलन समितिले तयार पारेको कार्ययोजनाअनुसार यही असार २६ देखि २९ गतेसम्म संविधानको विधेयकको पहिलो मस्यौदामाथि अन्तरक्रियात्मक गोष्ठी गर्ने भएको छ ।

समन्वय तथा अनुगमन र प्रसारप्रसार तथा प्रकाशन उपसमितिले नेपाल पत्रकार महासङ्घ, नेपाल बार एसोसिएसन, बुद्धिजीवी, पेसागत सङ्घसङ्गठन र नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्नेछन् ।

संविधानको विधेयकको पहिलो मस्यौदामा जनताको राय सुझाव सङ्कलन गर्नेसम्बन्धी समितिको कार्ययोजनाका सम्बन्धमा पत्रकार सम्मेलन गर्ने, सबै सञ्चार माध्यमलाई संविधानका राम्रा पक्षबारे प्रचारप्रसार गर्न आग्रह गरिनेछ ।

राय सुझाव सङ्कलनका लागि हाल संविधानसभामा कायम रहनुभएका ५९८ जना सभासद् परिचालित हुनुहुनेछ । आगामी साउन १ गतेदेखि राय सुझाव सङ्कलन गरिने र त्यसको आवश्यक व्यवस्था समिति सभापतिले मिलाउने छन् ।

सभासद्ले \'जनतासँग विगतमा तपाईंहरुबाट प्राप्त राय सुझावको आधारमा तयार गरिएको संविधानको पहिलो मस्यौदाका सम्बन्धमा यहाँहरुको राय सुझाव के कस्तो रहेको छ प्रस्तुत गर्नु हुन\' भनेर आग्रह गर्नेछन् ।

आगामी साउन ४ र ५ गते २४० वटै निर्वाचन क्षेत्रका सो कार्य सञ्चालन हुनेछ । सोही दिन नै सुझाव सङ्कलन समितिले जनताबाट प्राप्त भएको सुझाव तथा राय इमेल वा फ्याक्समार्फत सचिवालयमा पठाउनुपर्नेछ । प्राप्त भएका सुझावलाई समेटेर प्रतिवेदन लेखनको काम पनि सोही दिनदेखि नै सुरु गरिनेछ ।

आगामी साउन ७ गते जनताको राय सुझाव वा प्रतिक्रिया समावेश गरी अन्तिम प्रतिवेदन तयार गरी संविधानसभामा प्रस्तुत गर्ने व्यवस्था मिलाइएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending