Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सामान्य मौसमी रुघाखोकी हो कि कोरोना भाइरसको लक्षण,यसरी जानी राखाैँ

संसारभरि कोरोनाभाइरसका केसहरू बढिरहँदा कोरोना, सामान्य रुघा र मौसमी रुघाखोकीमा कस्ता भिन्नता हुन्छन् भन्ने विषयमा धेरैको चासो पाइन्छ । भिन्नता भनेको लक्षणको तीव्रता र निको हुन लाग्ने समयको हो ।

तर कोरोना, मौसमी रुघाखोकी र सामान्य रुघा तीनैथरी हावामा उड्ने नाकमुखका छिटा र संक्रमित सतहबाट सर्ने गर्छन् । कोरोनाभाइरस अचानक लाग्छ । लक्षणहरूमा ज्वरो, सुक्खा खोकी, मांसपेशीमा पीडा र थकान पर्छन् । संक्रमित केही व्यक्तिहरूलाई टाउको दुख्ने र खोक्दा रगत निस्कने पनि हुन्छ अनि कसैलाई त डायरिया पनि हुन्छ ।

कोभिड–१९ हुर्किने समय एकदेखि १४ दिन हुन्छ र कहिलेकाहीँ २४ दिनसम्म पनि पुग्छ । यो निको हुने प्रक्रिया चाहिँ एकदमै लामो छ । सामान्य कोरोना रहेछ भने दुई हप्तामा निको हुन्छ तर कडा कोरोना लागेछ भने निको हुन ६ हप्तासम्म लाग्न सक्छ । यसको कुनै विशेष औषधि वा खोप उपलब्ध छैनन् । लक्षणलाई मात्र उपचार गर्ने हो ।

मौसमी रुघाखोकीको कुरा गर्दा त्यसले कोरोनाभाइरसको झैं लक्षण देखाउँछ स् ज्वरो, सुक्खा खोकी, मांसपेशीको दुखाइ र थकान । अन्य लक्षण घाँटी खसखसाउने, नाक बग्ने र नाक थुनिने हुन् । यो हुर्किने समय एकदेखि चार दिन हो र निको हुन एक हप्ता लाग्छ । अलि कडा भएछ भने पूरै निको हुन दुई हप्ता लाग्न सक्छ ।

मौसमी रुघाखोकीको खोप र उपचार दुवै उपलब्ध छन् ।

सामान्य रुघाखोकी चाहिँ बिस्तारै प्रकट हुन्छ र एक हप्तासम्म बस्छ । लक्षणहरू नाक बग्नेरथुनिने, हाच्छ्युँ आउने र घाँटी खसखसाउने हुन् । हल्का ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने र थकान हुने पनि अन्य लक्षण हुन् । यसको हुर्किने समय दुईदेखि तीन दिन हो तर साह्रो परेमा १० दिनसम्म पनि जान सक्छ । यसको कुनै विशेष उपचार छैन यद्यपि लक्षण देखिएमा केही औषधिहरू उपलब्ध छन् ।

बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने नाक बन्द भएमा वा बगेमा र हाच्छ्युँ गरेमा कुनै व्यक्तिलाई कोरोनाभाइरस लागेको भन्न मिल्दैन । हिन्दुस्तानटाइम्सबाट

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies