पोखरा । लकडाउनले पोखरामा अलपत्र पर्यटक एवम् पर्यटन आबद्ध मजदूरलाई आज हवाइजहाज र पर्यटक बसबाट काठमाडौंँ लैजाने व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर कार्कीले आज श्री एयरलाइन्स र बसबाट काठमाडौँ लैजाने व्यवस्था मिलाइएको जानकारी दिए ।
उनले शुक्रबार ५८ विदेशी पर्यटक चार्टर जहाजबाट काठमाडौँ गएको र त्यसअघि फ्रान्सेली दूतावासले ५९ जना आफ्ना नागरिकलाई बुद्ध एयर चार्टर गरेर काठमाडौँ लगेको बताए । आज श्री एयरलाइन्सले करीब १ ५० जना जतिलाई काठमाडौं लाने उनले जानकारी दिए । उनले भने, “श्रीका दुई वटा जहाजमा आज पर्यटकलाई काठमाडौँ लगिँदै छ, त्यसैगरी जहाजमा व्यवस्थापन हुन नसकेका, विभिन्न स्थानमा पदयात्रामा रहेर समयमै सम्पर्कमा आउन नसकेका र अन्य पर्यटकलाई पर्यटक बसबाट लैजाने व्यवस्था गरिएको छ ।”
कार्कीका अनुसार पोखरामा करीब दुई सय जति विदेशी पर्यटक छन् । ट्रेकिङ्ग एजेन्सिज एशोसियशन पश्चिमाञ्चलका (टान) अध्यक्ष हरि भुजेलले पर्यटक र पर्यटन सम्बद्ध मजदूरलाई लेकसाइडको बाराहीचोकमा बिहान ११ बजे जम्मा हुन विभिन्न सामाजिक सञ्जाल र सम्बन्धित क्षेत्रबाट आह्वान गरिएको बताए । भुजेलले भने “अहिले १० /१५ जना सम्पर्कमा आएका छन् । हामीलाई प्राप्त जानकारीअनुसार आज बसबाट काठमाडौँ जाने करीब ६० /७० जना पर्यटक गाइड र पोटर्र छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: