काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । कोरोनाले हालसम्म विश्वभर ३७ हजार ७ सय ८१ को ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७ सय १६ को मृत्यु भएको छ भने ६१ हजार ५० नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
त्यसबाट विश्वभर ७ लाख ८४ हजार ४ सय ४० संक्रमित भएका छन् भने एक लाख ६५ हजार उपचारपछि निको भएर घर फर्केका छन् ।
अमेरिकामा एकैदिन २० हजार संक्रमित
अमेरिकामा एकैदिन कोरोनाका २० हजार संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ५ सय ७३ जनाको मृत्यु भएको छ ।
योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ६३ हजार ८ सय ४४ पुगेको छ भने ३ हजार १ सय ५६ ले ज्यान गुमाएका छन् ।
भारतमा दिनप्रतिदिन बढ्दै
भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । हालसम्म त्यहाँ साढे १२ सय जनामा कोरोना संक्रमण भेटिएको छ । कोरोना संक्रमितमध्ये १ सय १२ जना निको भएका छन् ।
राजस्थानमा एकै परिवारमा आठ संक्रमित
राजस्थानको अलवरमा एकै परिवारका आठ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य विभागका अनुसार फिलिपिन्सबाट फर्किएका अलवरका एक व्यक्तिमा सुरुमा कोरोना पोजेटिभ देखिएको थियो । तर उनले समयमै अस्पताल जाने र घरमा अलग्गै क्वारेनटाइनमा नबस्दा सबै परिवारमा सरेको र उनीहरुको टेष्ट गर्दा पोजेटिभ पाइएको छ ।
हेर्नुहोस् कहाँको अवस्था कस्तो ?
यो पनि पढ्नुहोस्
प्रतिकृया लेख्नुहोस्: