हुम्ला । हिमाल पारीको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरस ९कोभिड–१९० को सन्त्रासबाट पूरै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराएका छन् । अहिलेको आधुनिक सञ्चार प्रविधिको युगमा पनि नाम्खा गाउँपालिकाको लिमी गाउँ यो प्रविधिको पहुँचमा छैन ।
आजको गोरखापत्र दैनिकमा खबर छ - देशमा जारी लकडाउनबारे काठमाडौंमा बसेका आफन्तको फोनबाट जानकारी पाएपछि गाउँ आउने सबै नाका बन्द गरिएको नाम्खा गाउँपालिकाका जनप्रतिनिधिले जानकारी दिएका छन् । केही समयअघि वल्र्डलिङ्कको इन्टरनेट सेवाले काम गर्दा देश विदेशको खबर सहजै थाहा पाउने लिमीका बासिन्दा अहिले इन्टरनेट सेवा अवरुद्ध हुँदा सञ्चारविहीन अवस्थामा छन् ।
अहिले नेपाल टेलिकमको एक लाइन भिस्याट फोनबाट यहाँका बासिन्दाले काम चलाइरहेका छन् । त्यही फोनबाट काठमाडौंबाट आफन्तले कोरोना सङ्क्रमणका कारण देशमा लकडाउन भएको जानकारी दिए लगत्तै लिमी उपत्यका प्रवेश गर्ने सबै नाका स्थानीयवासीले बन्द गरेका छन् । लकडाउन भएको पाँचौं दिनमा मात्र थाहा पाएको बताउँदै नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमी गाउँका अध्यक्ष पाल्जोर तामाङले काठमाडौंबाट आफन्तको फोन नआएको भए लकडाउनबारे थाहा नहुने बताए ।
सो फोन पनि दिनमा पाँच÷सातपटक बिग्रिने समस्याले नयाँ जानकारी पाउन कठिन भएको उहाँले बताउनुभयो । तामाङले लिमीमा लकडाउन छैन तर आउने नाकामा मानिस पालो बसेर कोही गाउँमा छिर्न नपाऊन् भनेर पहरा बस्ने गरिएको छ । सम्भावित कोरोना सङ्क्रमण हुनसक्ने भन्दै वडाको बैठक बसी लिमी प्रवेशका दुईवटै नाका बन्द गर्ने निर्णय गरिएको उनले बताए ।
उनले लिमीमा भारततर्फ व्यापार व्यवसाय गर्न गएका, काठमाडौंमा रहेका र चीनको ताक्लाकोटतर्फ काम गर्न गएका व्यक्ति भित्रिन सक्ने भन्दै नाका बन्द गर्नुपरेको जानकारी दिए । अहिले पनि लिमीका बासिन्दा कोरोना भाइरसको सङ्क्रमणका बारेमा बेखबर रहेको उनले बताए ।
उनले कुनै पनि सञ्चार माध्यमको प्रभावकारी पहुँच नहुँदा पीडा भोग्नुपरिरहेको बताए । लिमीमा अन्यत्रबाट आउने कोही पनि भित्रिन नपाऊन् भनेर फोनमार्फत अध्यक्ष तामाङले सदरमुकाम सिमकोटमा रहेका सञ्चार माध्यमलाई जानकारीसमेत गरेको बताए । मङ्सिरबाट चैत महिनासम्म लिमीका बासिन्दा हिमपातका कारण आफैँ पनि लक डाउनमा पर्छन् ।
यो अवधिमा कोही आवतजावत गर्न सक्ने अवस्था पनि छैन । भएको प्रहरी चौकी पनि कात्तिक महिनाबाट सिमकोट फर्केको छ । अहिले हेलिकोप्टर रिजर्भ गरेर लिमी जानुबाहेक अन्य कुनै विकल्प छैनन् । स्थानीय बासिन्दासँग टेलिभिजन नभएको र रेडियो नसुनिने भएपछि सूचना पाउने माध्यम भनेकै भिस्याट टेलिफोन हो तर त्यो पनि सुन्न कठिन हुन्छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: