काठमाडौं । क्वारेन्टाइनमा बसेको बेला अन्य समयभन्दा बढि आफ्नो स्वास्थ्य प्रति सचेत हुन आवश्यक छ । यस बेलामा सन्तुलित खालको खानेकुरा खाने गर्नुपर्दछ।
यस्तो बेलामा प्याकेटमा बन्द, डिब्बा बन्द खानेकुरा, नून तथा चीनीको सेवन कम मात्रामा गर्नुपर्छ । घरमा बनेका स्वस्थ र पौष्टिक भोजन खानुपर्छ । यसका साथै चिया अथवा कफिको सेवन धेरै गर्नु हुँदैन ।
के खाँदा राम्रो ?
आफ्नो पौष्टिक आहारमा धेरैभन्दा धेरै फाइबरयुक्त खानेकुराहरु जस्तै तरकारी, फलफुल, दाल, गेडागुडि, ओट्स, ब्राउन पास्ता, ब्राउन राइस आदि खानेकुरा समावेश गर्नुपर्छ । यसले पाचन क्रिया राम्रो हुन्छ भने एसिडिटी, कब्जियत र अन्य समस्याहरुको सामना गर्नु पर्दैन ।
क्वारेन्टाइनको क्रममा शरीरलाई हाइड्रेट राख्नका लागि दिनभरीमा कम्तिमा पनि ८–९ गिलास पानी पिउनु पर्छ । यसका साथै दिनमा दुई पटक ग्रीन टी, एक गिलास कागती पानी पिउनु पर्छ । एक गिलास जूस अथवा एक गिलास दुध सेवन गर्नु पर्छ ।
पानीमा अमिलो फलहरु, काँक्रो अथवा जडिबुटि, पुदिना, बेरीज, रोजमेरी आदिलाई मिसाएर पिउन सकिन्छ ।
मदिरा सेबन गर्नु हुदैन, मदिरा पिउदा कोरोनाको खतरा झन् बढ्छ ।
चुरोट झन खानै हुदैन। कोरोनाको सबैभन्दा बढी खतरा चुरोट खानेहरुलाइ नै छ।
आफ्नो पौष्टिक आहारमा त्यस्ता खानाहरु अत्याधिक सेवन गर्नु पर्छ, जसमा भिटामिन सी र डी अत्यधिक मात्रामा हुन्छ ।
यसले तपाईंको रोग प्रतिरोधक क्षमता बलियो बनाउँछ ।
खानापछि सख्खर र सुप सेवन गर्नु राम्रो हुन्छ। यसले खाना पचाउन सजिलो हुन्छ ।
कुन–कुन कुराहरुबाट बच्नु पर्छ ?
रिफाइन्ड अन्नहरु जस्तै–मैदा, सेतो पास्ता, सेतो चामल र पाउरोटी आदिको सेवन गर्नु हुँदैन ।
कफी, चिया र क्याफिनेटेड सफ्ट ड्रिङ्क्स, एनर्जी ड्रिङ्क्स, कोल्ड ड्रिङ्क्स अथवा चिनी भएको पेय पदार्थबाट बच्नु पर्छ ।
नुनको अत्याधिक सेवन गर्नु हुँदैन । विश्व स्वास्थ संगठनका अनुसार एक दिनमा ५ ग्राम भन्दा कम नुन सेवन गर्नु पर्छ ।
चीनीको सेवन पनि कम गर्नुपर्छ । तपाईँले दिनभरीमा ३ चम्चासम्म चीनीको सेवन गर्न सक्नुहुन्छ ।
यदि तपाईंलाई गुलियो खान मन लाग्यो भने गुलिया फलफुल, डेजर्ट अथवा सख्खरको सेवन गर्न सक्नुहुन्छ ।
चिल्लो खानेकुरा धेरै नखाने
रातो अथवा बोसो धेरै भएको मासु, बटर, धेरै चिल्लो भएको दुध अथवा डेयरी उत्पादनहरु, तेल, नरिवलको तेलको सेवन कम गर्नु पर्छ ।
यी जानकारीहरु हालै विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिकामा आधारित छन। तपार्इँले पनि यो जानकारिलाई धेरै भन्दाधेरैलाई जानकारी गराइदिनु होला।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: