Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

भारतमा बढ्दै कोरोना, कति पुग्यो मृतक र संक्रमित संख्या ?

भारत । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ७८ पुगेको छ । बुधबार १८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ७८ पुगेको छ ।

हाल भारतमा कोरोना संक्रमित संख्या ५ हजार ९ सय १९ पुगेको छ । त्यहाँ बुधबार मात्रै ५ सय ६५ जना संक्रमित फेला परेका छन् ।

संक्रमितमध्ये ५ सय ६ जना निको भइसकेका छन् भने अन्यको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वका अन्य मुलुकमा के छ ?

कोरोना संक्रमणका घटनाक्रममा घट्नेक्रममा भन्दा पनि बढ्ने क्रममा रहेको देखिएको छ । बुधबारभित्र संक्रमितको संख्या १५ लाख १७ हजार ९६० पुगेको छ भने ८४ हजार ३८४ जनाले ज्यान गुमाएका छन् ।

संक्रमणको सबैभन्दा ठुलो चपेटामा अमेरिका परेको छ । अमेरिकामा मात्रै ४ लाख ३४ हजार ९२७ जना संक्रमित छन् भने १४ हजार ७८८ जनाले ज्यान गुमाईसकेका छन् । दैनिकजसो ३० हजार बढी मानिसहरु संक्रमित हुने गरेको अमेरिकामा बुधबार पनि ३१ हजार ९३५ मा नयाँ संक्रमण देखिएको छ ।

‘अमेरिका बन्द गर्नका लागी बनेको होइन’ भन्दै घमण्ड गरिरहेका राष्ट्रपति डोनाल्ट ट्रम्पले मानिसहरुको हेक्का नराखेको आरोप लागिरहेको छ । हुनपनि विश्वकै अति ठुलो संख्यामा संक्रमण हुँदा समेत अमेरिका लकडाउनमा छैन ।

यता युरोपियन मुलुकहरु इटली, स्पेन, फ्रान्स तथा जर्मनीमा संक्रमणका कारण निकै ठुलो मानविय क्षति भएको छ भने रोकथामका लागी चालिएका कदमहरु प्रर्याप्त भईरहेको छैन ।

यता चीनमा भने बाहिरबाट आएका मानिसहरुमा बाहेक संक्रमण नदेखिएको बताइरहेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: