Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

देशव्यापी लकडाउन लम्बिन सक्छ : मुख्यमन्त्री रावत

देहरादुन । भारतमा लगाइएको देशव्यापी २१ दिने लकडाउन लम्बिन सक्ने एक मुख्यमन्त्रीले शुक्रबार बताएका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिबेन्द्र सिंह रावतले कोरोना भाइरस विरुद्धको लडाईलाई सफल पार्न लकडाउन लम्बिनसक्ने बताएका हुन् ।

“भारतका सवै राज्यहरुले लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराएका छन्, मलाई विश्वास छ, यही अप्रिल १४ तारिखसम्मका लागि यस अघि घोषणा गरिएको लकडाउनको अवधि थपिने छ,” रावतले एएनआईसँग भने ।

उनले उत्तराखण्ड राज्य कोरोना भाइरसको सङ्क्रमणको विषयमा पहिलो चरणमै रहेको पनि जानकारी दिए ।

तबलिगी जमातबाट फर्किएकाहरूका कारण सङ्क्रमणको खतरा रहे पनि उनीहरु सम्पर्कमा आएको राज्यले उचित व्यवस्थापन गरिरहेको उनको भनाई छ ।

शुरुमा उनीहरुले अटेरी गरेपनि फौजदारी अभियोग लगाउने चेतावनी दिएपछि उनीहरु सम्पर्कमा आएर कोरोना नियन्त्रण सम्वन्धी नियमहरु अवलम्बन गरेको मुख्यन्त्री रावतले बताए ।

“फर्किएकाहरुलाई सुरुमा सम्पर्कमा आउन र स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको थियो, त्यतिवेला उनीहरुलाई यो कुनै तपाईहरुको गल्ती नभई स्वास्थ्य समस्या हो, त्यसको उपचार गर्नु पर्दछ भनेका थियौँ,” उनले भने ।

त्यसपछि पनि आउन नमान्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिइएको मुख्यमन्त्री रावतले जानकारी दिए ।

आफ्नो प्रदेशमा दिनदिनै परीक्षणको कामहरु भइरहेको र दुई प्रकारको परीक्षण हुने गरेको उनले बताए ।

“हामीसँग झण्डै दश हजार व्यक्तिगत सुरक्षा सामग्री (पिपिई किट्स) ३० हजार मास्क र २५७ भेन्टीलेटरहरु छन्,” उनले भने । अहिले आफुहरूलाई एन–९५ मास्कको थप आवश्यकता नरहेको पनि उनले स्पष्ट पारे ।

उनले अहिलेसम्म भेन्टिलेटर प्रयोग गर्नु नपरेकोमा आफुहरु भाग्यमानी भएको पनि बताए । मुख्यमन्त्री रावतले उत्तराखण्ड राज्यमा अहिलेसम्म ३५ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण देखिएको र ती मध्ये निको भएर घर फर्किसकेको जानकारी दिए ।

उत्तराखण्डमा कोरोना भाइरसका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको विवरण नआएको पनि उनले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies