Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

कोरोना भाइरसका रोगी ठिक भएपछि पनि किन भईरहेछन् पुनः संक्रमित ?

काठमाडौं । डिसेम्बर २०१९ देखि नै वैज्ञानिकहरु कोरोनाको उपचारको खोजीमा छन् । तर दुःखको विषय अहिलेसम्म पनि उनिहरु सफल भने हुन सकेका छैनन् । अमेरिका, चीन र इजरायलका वैज्ञानिकहरु यसमा निरन्तर लागेका छन् । यी ३ देशले औषधी बनाएको र मानिसमा पनि परीक्षण गरेको दाबी पनि गरेका छन् ।

तर यहीबीच केहि दुःखद खबर बाहिरिएको छ । जसले वैज्ञानिकहरु पनि निकै अन्यौलमा परेका छन् । खासमा केहि बिरामी ठिक भईसकेपछि पनि कोरोना संक्रमित भएका छन् । उनिहरु दोस्रोपटक कोरोनाकै उपचारका लागि अस्पताल पुगेका छन् ।

चीन र कोरियामा पुनः संक्रमित हुनेको संख्या बढ्दो

चीनको फुदान यूनिभर्सिटीको अस्पतालमा स्वस्थ भएका १३० बिरामीमा पुनः कोरोनाको संक्रमण देखियो । पुनः संक्रमित भएका अधिकांश बिरामी ४० वर्ष मुनिका पनि छन् ।

सँगै दक्षिण कोरियामा पनि पुनः संक्रमित हुने बिरामी भेटिएका छन् । पछिल्लो सार्वजनिक जानकारीअनुसार कोरियामा ९१ मानिसमा कोरोना भाइरसको पुनः संक्रमण देखिएको छ ।
चीन र कोरियामा मात्रै नभई जापान अनि केहि यूरोपियन देशमा पनि पुनः सक्रमित हुने संख्या क्रमश: बढ्दो छ ।

किन पुनः संक्रमित भए निको भएका बिरामी ?

चिकित्सक केहि त्रसित पनि भए कारण चीनको फुदान युनिभर्सिटीको अस्पतालमा स्वस्थ भएका तर पुनः संक्रमित भएका १३० बिरामीको अध्ययन गर्दा उनिहरुको शरिरमा एन्टीबोडीजको मात्रा भेटिएन ।

चिकित्सको बुझाईमा यस्तो हुनुको पछाडि शरिरमा रोग प्रतिरोधात्मक क्षमताको विकास नै नहुनु हो । रोगप्रतिरोधात्मक क्षमताको विकास नहुँदा ठीक भएका रोगी पनि पुनः संक्रमित भएका हुन् । खासमा शरिर भित्रै बन्ने एन्टीबोडीजले नै हाम्रो शरीरको प्रतिरोधात्मक क्षमता विकास गर्दछ । जसले जुनसुकै भाइरससँग पनि लड्न सक्षम बनाउँछ ।

खासमा शरीर स्वस्थ्य राख्न एन्टीबोडीजको भूमिका रहन्छ । यसले जुनसुकै बिरामीलाई कम गर्न या खत्तम गर्न काम गर्दछ । यो शरिरमा एन्टीजनको प्रवेश गरेसँगै हुने हुन्छ । एन्टीबोडीज शरीरमा हुने ह्वाइट ब्लड सेल्स या बी लिंफोसाइट्सको माध्यमबाट बन्दछ । एन्टीजन बी सेल्स यसको निर्माणमा निकै अहम भूमिका खेल्दछ ।

जब संक्रमणबाट निको भएका बिरामीमा एन्टीबोडीजको विकास भएन् तब उनीहरुमा सहजै संक्रमण देखा पर्यो । शरिरमा एन्डीबोडीजको विकास नभएका बिरामी संक्रमितको नजिक पुग्दा तुरुन्तै संक्रमित भएको हुनसक्ने चिकित्सकको बुझाई छ । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy