Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

अमेरिकाकाे न्यूयोर्कमा कोरोनाबाट मर्नेहरुको शव गाड्नै समस्या

काठमाडौं । यस्तो लाग्दैछ, अमेरिकाको न्यूयोर्क शहरमा कोरोना भाइरसले मृत्युको ताण्डव देखाइरहेको छ । यहाँका अस्पतालमा शवको चाङ्ग भरिदैं गएको छ । एकैपटक शव धेरै हुँदा चिहान क्षेत्रमा पनि गाड्ने जग्गा अपुग हुन थालेको छ ।

न्यूयोर्क शहर अहिले कोरोनाको केन्द्र बनेको छ । न्यूर्योकका नर्सिङ्ग होम तथा उपचार केन्द्रहरु बिरामीले अहिले भरिएका छन् । जहाँको उपचार कक्षमा बिरामीलाई राख्ने ठाउँ छैन् । यतिसम्म कि, न्यूयोर्कमा पछिल्लो समय मर्ने कतिपय व्यक्तिको कारणसमेत पत्ता लगाउन सकिएको छ ।

\"न्यूयॉर्क
शव गाड्ने ठाउँकाे अभावमा नहर बनाएर शव गाड्दै गरिएकाे अवस्था । तस्बिर : Reuters

बुधबारसम्मको रिपोर्टअनुसार अमेरिकाको न्यूयोर्क शहरमा कोरोनाबाट मर्नेहरुको संख्या झण्डै ११ हजार पुगेको छ । तथ्यांकअनुसार हालसम्म न्यूयोर्कमा १० हजार ८३४ जनाले ज्यान गुमाएका छन् भने २ लाख ३ हजार १२३ संक्रमित छन् ।

\"न्यूयॉर्क
अस्पतालमा जम्मा हुँदै गएकाे शव । तस्बिर : Reuters

न्यूयोर्कका स्वास्थ्य आयुक्तद्वारा सहयोगको अपिल

बढ्दो संक्रमितको दर र मृत्युदरबाट संकटमा पुगेको अनुभव गरेका न्यूयोर्कका स्वास्थ्य आयुक्त ओक्सीरिस बारबोटले आफुँहरुलाई सहयोग गर्न विश्वजगतलाई अपिल गरेका छन् । उनले आफ्नो शहरमा कुन स्तरसम्म महामारीको प्रभाव छ भनि पत्ता लगाउने अभियानमा पनि सहयोगको खाँचो औल्यांएका छन् ।

सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले भनेका छन्, “सार्वजनिक आँकडाले कोरोना भाइरसले हाम्रो शहरमा गरेको असरलाई देखाउँछ । यस्तो परिस्थितिमा महामारीको स्तरलाई पत्ता लगाउनु अति आवश्यक छ । यस महामारीको स्तरलाई पत्ता लगाउन हाम्रो मद्दत गर्न र हामीलाई मार्गदर्शन गर्न हामी सबैलाई अपिल गर्दछौं ।” एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies