काठमाडौं । यूएईले कामदार फिर्ता लैजान विभिन्न देशलाई गरिएको आग्रह स्वीकार नगरिए भविश्यमा ती देशबाट कामदार नलैजानेसम्मको गम्भीर चेतावनी दिएको छ । यूएईको ह्युमन रिसोर्स तथा ईमिरटाईजेसन मन्त्रालयले कामदार आपूर्ति गरिरहेका देशहरुको श्रम सम्वन्धमा अध्ययन भइरहेको भन्दै कोरोना भाइरस संक्रमणको अहिलेको अवस्थामा कामदार फिर्ता गर्न नमान्ने देशहरुसँग सोही अनुसारको व्यवहार गरिने बताएको छ ।
यूएईमा २८ लाख भारतीय कामदार रहेका छन् । ती मध्ये अधिकांश केरलाका रहेका छन् । त्यस्तै, युएईमा ४ लाख बढी नेपाली रहेका छन् । तर ह्युमन रिसोर्स तथा ईमिरटाईजेसन मन्त्रालको भनाइ मुलतः भारतीय कामदारहरुको सन्दर्भमा आएको बताइएको छ । नेपाली कामदारहरुका हकमा पनि त्यो निर्णय लागू हुने कतिपयको भनाइ छ ।
युएईले घर फर्किन चाहने कामदार फिर्ता नलगिए द्विपक्षीय श्रम सम्झौता निलम्बन गर्ने र भविश्यमा सम्वन्धित देशका लागि छुट्याएको कोटामा पनि नियन्त्रण गर्ने बताएको छ । केरलाका मुख्य मन्त्री पनिराई विजयनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएर यूएईमा अलपत्र आफ्ना नागरिकलाई फिर्ता गराउन कुटनितिक पहल गर्न माग गरेका छन् । उनले यूएईका क्वारेन्टाइनमा आप्रवासी कामदारका लागि उपयुक्त व्यवस्थाको अभाव रहेको बताएका छन् ।
यसैवीच चार्टड फ्लाईटका लागि आदेश माग गर्दै दायर गरेको रीटमा भारतीय सर्वोच्च अदालतले तत्काल सुनुवाई नगर्ने भएको छ । विश्वव्यापी रूपमा फसेका भारतीयहरुलाई फिर्ता ल्याउन सरकारले चार्टड फ्लाईटलगायतका उडानलाई नियमित गर्न आदेश माग गर्दै परेको रीटमा भारतीय सर्वोच्च अदालतले ती निवेदन चार हप्ता पछिमात्र सुनुवाई गर्ने आदेश दिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: