Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

के हो र्‍यापिट टेष्ट ? यसले कोरोना पत्ता लगाउँछ कि एण्डीबडीको मात्रा ?

काठमाडौं। नेपालमा कोरोनाभाइरसको सङ्क्रमित पत्ता लगाउन सुरुमा पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण सुरु गरियो। त्यसको विस्तार राजधानी बाहिर पनि भइसकेको छ। सङ्क्रमण फैलिने जोखिम बढ्दै गएपछि परीक्षण बिस्तार गर्न र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) पनि देशका ५६ जिल्लाहरूमा सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तर त्यो परीक्षणले सङ्क्रमित व्यक्तिको नतिजा नेगेटिभ र सङ्क्रमण नभएका व्यक्तिलाई पोजिटिभ देखाएको उदाहरणले त्यो जाँचको विश्वसनीयतामाथि कतिपयले प्रश्न उठाएको पाइन्छ। सरकारी अधिकारीहरूका भनाइमा ती दुई विधिले दिने परिणाम र त्यस्ता परीक्षणको उद्देश्यबारेको अनभिज्ञताले कतिपयमा भ्रम परेको हो।

कुन परीक्षणबाट के पत्ता लाग्छ ?

पीसीआरले शरीरमा भाइरस छ कि छैन पत्ता लगाउँछ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ भनाइमा सुरुको दुई हप्तामा पीसीआरमा भाइरस पोजिटिभ देखिन्छ। उनी भन्छन्, ‘आरडीटीले भाइरस शरीरमा प्रवेश गरेपछि एन्टीबडी (शरीरले बाह्य पदार्थसँग लड्न बनाउने तत्व) बनेको छ कि छैन भनेर हेर्छ।’

हाल १४ दिनभन्दा बढी क्वारन्टीनमा बसिसकेकाहरूलाई पीसीआर जाँचमा निकै कम मात्र पोजिटिभ हुने सम्भावना हुने सरकारी अधिकारीहरूको विश्वास छ। तर काठमाडौंको एउटा अपार्टमेन्टमा रहेका व्यक्तिहरूमा आरडीटीले पोजिटिभ देखाएका तीन जनामध्ये दुईजनामा पीसीआरले पनि पोजिटिभ देखायो।

महानिर्देशक श्रेष्ठ भन्छन्, ‘केही मानिसमा भाइरस रहे पनि धेरै कडा हुँदैन। करिब ८० प्रतिशतको अवस्था सामान्य नै हुन्छ। अहिले भेटिएको त्यही हो।’

अर्थात् पीसीआरमा नेगेटिभ देखिएको भए उनीहरूबाट अरूलाई सर्ने सम्भावना कम हुन्थ्यो र अस्पताल लगिँदैनथ्यो। तर पोजिटिभ देखिनुको अर्थ उनीहरूबाट अरूलाई सर्न सक्ने सम्भावना रहन्छ। त्यसको पुष्टिको निम्ति पनि आरडीटीमा पोजिटिभ देखिएकाको पीसीआरबाट पनि परीक्षण गर्ने गरिएको अधिकारीहरू बताउँछन्।

फरक उद्देश्य

दुवै विधिको उद्देश्य फरक फरक रहेको अधिकारीहरूको भनाइ छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रूना झाका अनुसार पीसीआर परीक्षण विधि जटिल, महङ्गो र समय लाग्ने हुन्छ। नतिजा आउन कम्तिमा छ घन्टा लाग्छ। जबकी आरडीटीको नतिजा १५ मिनेटमै आउँछ। विशेष परीक्षण कक्ष र विशेष जनशक्ति आवश्यक हुँदैन। त्यसैले आरडीटी परीक्षण ५६ वटा जिल्लामा सुरु भइसकेको छ।

कसैमा कोभिड–१९ भएको करिब तीन सातापछि आरडीटी परीक्षण गर्दा झन्डै शतप्रतिशत पोजिटिभ नतिजा देखाउने विज्ञहरू बताउँछन्। महानिर्देशक श्रेष्ठ भन्छन्, ‘त्यसबाट समुदायमा रोग छ कि छैन, अरू फैलिएको छ कि छैन वा अरू शङ्कास्पद छन् कि छैनन् भन्ने जानकारी पाइन्छ। यसमा नेगेटिभ देखिनु भनेको शत प्रतिशत नेगेटीभ हुन्छ। जुन पीसीआरबाट नहुनसक्छ।’

विज्ञ र अधिकारीहरूका भनाइको अर्थ हो पीसीआरले नेगेटिभ देखाउँदैमा कुनै व्यक्ति सङ्क्रमित थिएन भन्ने होइन। उसमा भाइरस अस्तित्वमा बाँकी छैन भन्ने मात्र हो। ऊ कुनै बेला सङ्क्रमित थियो कि थिएन भन्ने पत्ता लगाउन आरडीटी परीक्षण गर्नुपर्छ। त्यसमा पोजेटिभ देखिनु भनेको शरीरले रोगसँग लड्न उत्पादन गर्ने एन्टीबडी रहेको जनाउँछ। तर पीसीआरले नेगेटीभ र आरडीटीले पोजिटिभ देखाएको व्यक्तिबाट अरूमा सर्ने सम्भावना रहँदैन।

त्यस्तै सङ्क्रमणको सुरुमा आरडीटीले नेगेटिभ देखाउने सम्भावना बढी हुन्छ। किन कि त्यो बेलासम्म एन्टीबडी उत्पादन भई नसकेको हुनसक्छ। त्यसैले क्वारन्टीनमा बसिरहेकाहरूको परीक्षणको निम्ति आरडीटी प्रयोग गरिएको अधिकारीहरू बताउँछन्।

नेगेटिभपछि पोजिटिभ खतराको सङ्केत ?

आरडीटी परीक्षणमा पोजिटीभ देखिए सतर्कतामाथ परीक्षणको अवसर मिल्छ। तर कुनै व्यक्तिमा आरडीटीले नेगेटिभ देखाएर घर फर्काइयो तर पछि पीसीआरमा पोजिटिभ देखियो भने उसले धेरैलाई सारिसकेको हुनसक्छ। त्यो स्थिति खतरनाक हुने भएकाले आरडीटीमा किन भर पर्ने भन्ने प्रश्न उठ्छ।

महानिर्देशक श्रेष्ठ भन्छन्, ‘त्यसैले हामी आरडीटीमा पुरै भर पर्दैनौँ, पोजिटिभ देखिए पीसीआरबाट फेरी परीक्षण गर्छौँ, नेगेटिभ आएमा पनि तीमध्ये १० प्रतिशत नमुना पीसीआरबाट परीक्षण गर्छौँ।’

कैलालीमा एक महिलामा आरडीटीमा नेगेटिभ नतिजा आए पनि पीसीआरमा पोजिटिभ देखिएको थियो। महानिर्देशक श्रेष्ठका अनुसार भाइरस सक्रिय अवस्थामा हुँदा आरडीटी नेगेटिभ भएको हुनसक्छ। अर्को कुरा मेसिन वा परीक्षण गर्ने व्यक्तिको गल्तीका कारण आउनुपर्ने परिणाम नआएको हुनसक्छ।

बिबिसी नेपाली सेवामा शरद केसी लेख्छन् – त्यस्तै पीसीआरको पनि ८६ प्रतिशत नतिजा भरपर्दो हुने अधिकारीहरू नै बताउँछन्। र, त्यो बिरामीमा भएको सङ्क्रमणको समय र परीक्षणको समयमा भर पर्छ।

नेपालले जुन चिनियाँ कम्पनीको आरडीटी किट प्रयोगमा ल्याएको छ त्यही किट अस्ट्रेलिया र थाइल्यान्डले पनि परीक्षण गरिरहेको अधिकारीहरूले जनाएका छन्। तत्काल उत्पादन गरेर प्रयोगमा ल्याइने सबै उत्पादनले तत्कालै विश्व स्वास्थ्य सङ्गठनको मान्यता पाउन सम्भव नहुने उनीहरूको तर्क छ। तर चीनको आधिकारीक निकायले मान्यता दिएको उनीहरूको दाबी छ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy