बाँके । बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपैयाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - यो तथ्यांक ११ चैतदेखि ३० गतेसम्मको रहेकोे नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए ।
उनका अनुसार सो अवधिमा २९ करोड ५ लाख ७३ हजार ४६३ रुपियाँ मूल्य बराबरको ४९ लाख ४५ हजार २५ किलो चामल, ४ करोड ४४ लाख छ हजार ४४३ रुपियाँको १३ लाख ४४ हजार १८५ किलो मकै तथा एक करोड ८९ लाख १६ हजार ६४३ रुपैयाँको दुई लाख १४ हजार ६९७ किलो दाल नेपालगञ्ज नाका भएर भित्रिएको छ ।
प्रमुख निरौलाका अनुसार ३ करोड ४ लाख ६३ हजार १२३ रुपैयाँको १२ लाख २ हजार ५०६ किलो आलु र ९२ लाख ८३ हजार ५६४ रुपैयाँ बराबरको ५३ लाख ९१ हजार किलो गोलभेँडा आयात भएको छ । सोही अवधिमा २ करोड ४७ लाख १७ हजार ३११ रुपैयाँको फलफूल र ३७ लाख ५८ हजार ४४ रुपैयाँको विभिन्न तरकारी पनि आयात भएको छ ।
यसैगरी सोही अवधिमा २ करोड ४२ लाख ५५ हजार ४१२ रुपैयाँको ३ लाख ५५ हजार ५ सय किलो तोरी र ८ करोड ४ लाख ९५ हजार ९७९ रुपैयाँको २२ लाख ७३ हजार ५५ किलो गहुँ पनि आयात गरिएको छ ।
बन्दाबन्दीका बेला अन्य सामग्री आयात नभए पनि अत्यावश्यक सामग्री भने नियमित रूपमा आयात भइरहेको प्रमुख निरौलाले बताए ।
यसैक्रममा ५ करोड ४७ लाख ९६ हजार ८२९ रुपैयाँको ११ लाख ४१ हजार ३०० किलो चिनी र १४ करोड ९९ लाख ५९ हजार ४६ रुपियाँको १४ लाख ६३ हजार ३० किलो कोइला पनि आएको छ ।
यसैगरी सोही अवधिमा १७ हजार थान एकल प्रयोगको मास्क, १९ हजार दुई सय थान एन ९५ मास्क, ७० पिस थर्मामिटर, पाँच सय थान व्यक्तिगत सुरक्षा कवच (पीपीई) र १३ हजार ३०४ किलो निर्मलीकरण सामग्री (स्यानिटाइजर) आयात गरिएको प्रमुख निरौलाले बताए ।
सोही प्रकारले सो अवधिमा १७ करोड ५९ लाख १६ हजार १२१ रुपियाँको पेटोलियम पदार्थसमेत आयात गरिएको भन्सार कार्यालयले जनाएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: