काठमाडौं । हिन्दूहरुको धार्मिक ग्रन्थ महाभारतमा कति सत्यता छ या छैन, त्यसमा बहस चल्दै आएको छ । तर त्यहाँ उल्लेख भएका सबै घटना साँचो नै मानेर विश्लेषण गर्ने हो भने महाभारतका कतिपय पात्रहरुमा बाहिर सत्यवादी देखिएपनि सबैभन्दा बढी छली र अनैतिक पात्र युधिष्ठिर हुन भन्ने टिप्पणी कतिपयले गरेका छन् ।
हेरौं केही घटना र त्यहाँ युधिष्ठिरले गरेका निर्णय
१. भाइबुहारीलाई श्रीमती बनाउनु :
अर्जुनले स्वयम्बरको प्रतियोगिता जितेपछि नियम अनुसार द्रौपदीको विवाह अर्जुनसँग मात्रै हुनुपर्दथ्यो । युधिष्ठिर सत्यवादी र न्यायप्रिय थिए । तर पनि उनले किन वेदव्यास या कुन्तीको भनाई सुनेर द्रौपदीलाई श्रीमती बनाउन स्वीकार गरे ? के सत्यवादीले अन्यायपूर्ण कुरा मान्नुपर्छ ? यदि द्रौपदी अर्जुनको मात्रै श्रीमती भएको भए जुआ खेल्दा भएको घटना हुँदैनथ्यो ।
२. जुवा खेल्ने निर्णय :
भीष्पमको अनुमति पछि जुवा प्रतियोगिताको आयोजना गरियो । यो आयोजनामा भाग लिर्नैपर्ने भन्ने दबाब कतैबाट पनि पाण्डवहरुलाई आएको थिएन । तर युधिष्ठिरले जुआ खेल्ने निर्णय गरे र उनी इन्द्रप्रस्थसहित सबै हार्न पुगे । जुआ नै नखेलेको भए त्यहाँ द्रौपदीलाई च्याखे थाप्ने अवस्था आउने थिएन ।
३. द्रौपदीलाई जुवाको दाउमा राख्नु :
युधिष्ठिरले द्रौपदीलाई दाउमा लगाएर अर्को ठूलो गल्ती गरेका थिए । न्यायप्रिय व्यक्तिले आफ्नी या कसैकी पनि श्रीमती या महिलालाई जुवाको खालमा दाउमा राख्ने नीच काम गर्दैन । तर युधिष्ठिरले पहिला त जुवा खेल्ने निर्णय नै गलत गरे अर्कोतर्फ राजापाठ हारेपछि श्रीमती दाउमा लगाउने नीचता देखाए । यसबाट महाभारतको युद्द हुने कुरामा झन बल पुग्यो । उनले भविष्यको युद्दको बीउ रोप्ने काम गरे ।
४. छल र षडयन्त्रमा साथ दिनु :
पाण्डवहरुको हार देखेपछि श्रीकृष्णले युधिष्ठिरसँग छलको सहारा लिन भने । यो योजना अन्तर्गत युद्दमा “अस्वत्थामा मारियो” भनेर प्रचार गरियो । यो गुरु द्रोण र कौरवका सेनाको मनोविज्ञान कमजोर बनाउने रणनीति थियो । युधिष्ठिरले साँचो बोल्ने भएकोले उनलाई यो हल्ला के हो भने र सोध्ने कुरा पक्का थियो । तर उनी झूठो बोल्न चाहँदैनथे । अनि अवन्तिराजसँग रहेको अवश्वत्थामा नै नाम गरेको हात्तीलाई भीमले मारे । जब गुरु द्रोणाचार्यले युधिष्ठरसँग यो हल्लाको सत्यताबारे सोधे । तर युधिष्ठरलाई सबै कुरा थाहा हुँदाहुँदै पनि उनले भने, ‘हो मारियो तर मानिस कि हात्ती थाहा भएन (नरो वा कञ्जरो)’ । तर त्यहाँ कृष्णले नरो अर्थात मानिस भन्नेबित्तिकै जोडजोडले शंख फुके । जसले गर्दा द्रोणले पछाडिको कुरा सुन्न सकेनन । उनी शोकमा डुबे । उनलाई निहत्था देखेपछि द्रौपदीको भाई धृष्टधुम्नले तलबारबाट उनको टाउको गिंडे । यदि युधिष्ठिरले कृष्णको छलमा साथ नदिएको भए आफ्ना गुरुको गिंडेको टाउको देख्नुपर्ने थिएन ।
५. युयुत्सुलाई आफ्नो पक्षमा गर्नु :
युयुत्सु कौरवको तर्फबाट युद्द लडन कुरुक्षेत्र गएका थिए । उनी कौरवहरुकै भाई थिए तर उनले चीरहरणको बेला कौरवहरुको अनैतिक कुराको बिरोध गरेका थिए । युधिष्ठिरले यो कुरा मनमा राखेका थिए । युद्द शुरु भएपछि उनले युयुत्सुलाई धर्म, अधर्म आदिको कुरा गरेर युयुत्सुको मन मोड्ने काम गरे । उनी सत्यवादी हो भनेर जसरी प्रचार गरिन्छ, त्यो आधारमा युयुत्सुलाई आफ्नै भाइहरुसँग गद्दारी गर्न लगाउनु सही थिएन ।
६. भीष्मसँग उनको मृत्युको रहस्य सोध्नु :
महाभारतको युद्दमा भीष्मले पाण्डव पक्षका सेनालाई तहसनहस गरेको देखेपछि भीष्मलाई मार्नुपर्ने निष्कशर्मा उनीहरु पुगे । तर भीष्मको मृत्युको रहस्य कसैलाई थाहा थिएन । त्यसपछि युधिष्ठिर भीष्मकहाँ पुगेर उनको मृत्युको रहस्यका बारेमा बताए । त्यसपछि तेश्रोलिंगी शिखण्डीलाई अगाडि सारेर पछाडिबाट अर्जुनले भीष्मलाई तीरैतीरले छियाछिया बनाए ।
प्रतिकृया लेख्नुहोस्: