Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ३० हजार नाघ्याे

काठमाडाैं । अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट ३० हजार भन्दा बढीको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३० हजार ८३२ जना पुगेको छ ।

त्यसैगरी अमेरिकामा अहिलेसम्म यो भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि ६ लाख नाघेको छ । कोरोना भाइरसबाट बिहीबार बिहानसम्म संक्रमित हुने ६ लाख ३७ हजार पुगेको सो युनिभर्सिटीको तथ्यांकमा उल्लेख गरिएको छ ।

अमेरिकामा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ । गएको २४ घन्टायता यहाँका २ हजार ४९४ जनाको संक्रमणबाट ज्यान गएको बताइएको छ । प्राप्त समाचारअुनसार अमेरिकामा संक्रमित हुनेमा सबैभन्दा धेरै प्रभावित न्युयोर्कमा छन् । त्यहाँ यो भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख १४ हजार नाघेको छ । त्यसैगरी सबैभन्दा धेरै नागरिक पनि यही राज्यका रहेका सो युनिभर्सिटीले जनाएको छ । उक्त तथ्यांकमा यो राज्यमा मात्र अहिलेसम्म १४ हजार ६४ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

त्यस्तै न्यु जर्सीमा अहिलेसम्म ३ हजार १५६ जनाको ज्यान गएको बताइएको छ । यहाँका ७१ हजार मानिस यसबाट संक्रमित भइसकेका छन् । यो राज्य न्युयोर्कपछि सबैभन्दा धेरै मृत्यु र संक्रमित हुनेमा पर्दछ । त्यसपछि सबैभन्दा बढी प्रभावित हुने राज्य मिचिगन हो । उक्त राज्यमा अहिलेसम्म १ हजार ९२१ जनाको ज्यान गइसकेको छ । मिचिगनपछि म्यासाचुसेट्समा धेरै मानिस मरेका छन् । त्यहाँ १ हजार १०८ जनाले यो भाइरसका कारण ज्यान गुमाएका छन् ।

गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वका २० लाख ६३ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेको सो युनिभर्सिटीको तथ्यांकमा छ । त्यसैगरी यो भाइरसको कारण अहिलेसम्म विश्वमा १ लाख ३६ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies