Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

२४ हजार बढिको कोरोना परीक्षण, सोलुखुम्बु र डोल्पाबाहेकका ७५ जिल्लाबाट -यापिड टेस्ट सुरु

काठमाडौं । देशभर हालसम्म २४ हजारबढिको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पिसिआर र -यापिड विधिको प्रयोग गरि देशभर जम्मा २४ हजार ४२२ जनाको कोरोना परीक्षण भएको जानकारी दिए ।

उनका अनुसार पिसिआर विधिबाट हालसम्म ७ हजार ६८८ जना र ¥यापिड डाइनोस्टिक किटबाट १६ हजार ५६५ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ८ सय २२ जनाको कोरोना परीक्षण देवकोटाले जनाए ।

उनका अनुसार शुक्रबारसम्म देशका ७५ जिल्लाबाट -यापिड डाइनोस्टिक विधिको प्रयोग गरि कोरोना परीक्षण गरिएको छ । हालसम्म २ वटा जिल्ला सोलुखुम्बु र डोल्पामा मात्रै -यापिडबाट जाँच सुरु नभएको देवकोटाले जनाए ।

जनाइएअनुसार हालसम्म देशभर ४ हजार ६०७ जना क्वारेन्टाईनमा रहेका छन् । त्यसैगरि देशभर कोरोनाको आशंकामा ९० जनालाई आइसोलेसनमा राखिएको प्रवक्ता देवकोटाले जनाए । उनकाअनुसार काठमाडौं उपत्यकामा ५ जना र उपत्यका बाहिर ८५ जनालाई आइसोलेसनमा राखिएको छ ।

देवकोटाले जनाएअनुसार शुक्रबार कोरोना संक्रमितको संख्या बढेको छैन् । हालसम्म कोरोना संक्रमितको संख्या १६ नै रहेको छ । जसमध्ये एक जना उपचारपश्चात घर फर्किसकेका छन् । उपचाररत बाँकी बिरामीको अवस्था सामान्य रहेको उनले जनाए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies