Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

फेला परेका १२ जना कोरोना सङ्क्रमित बसेका क्षेत्र शिल गरी परीक्षण शुरु

सप्तरी । छिमकी जिल्ला उदयपुरमा फेला परेका १२ जना कोरोना सङ्क्रमित सप्तरीको मस्जिदमा बसेको खुलेपछि उनीहरु बसेका क्षेत्र आज सिल गरिएको छ । कञ्चनरुप नगरपालिका–१ वैरवा र सप्तकोशी नगरपालिका–१ को मस्जिदमा बसेर गएको पत्ता लागेपछि मस्जिद रहेको मुस्लिम टोलमा आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले बताए ।

सप्तकोशी–१ स्थित मस्जिदमा गत फागुन १५ र १६ गते सङ्क्रमित १२ जना बसेर गएको प्रत्यक्षदर्शीले बताएको वडा सदस्य जाहिर हुसेनले बताए । वोदे बर्साइन् नगरपालिका–५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म एक लाख बढीको सहभागितामा धार्मिक सम्मेलन ‘इज्तिमा’ भएको थियो । इज्तिमा पछि ठूलो सङ्ख्यामा जमाती भारतको सभामा भेला भएर धर्म प्रचारका लागि विभिन्न मस्जिदमा गएका बताइएको छ ।

पछिल्लो पटक कञ्चनरुप–१ को वैरवास्थित मस्जिद हुँदै सप्तकोशी–१ फत्तेपुरस्थित मस्जिदमा बसेका जमाती नै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको मस्जिदमा भेटिएका मुस्लिम अगुवाहरुको अनुमान छ । गत फागुन २५ गते उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई मस्जिद पुगेका उनीहरु त्यहाँ पाँच दिन बसेपछि त्रियुगा नगरपालिका प्रवेश गरेको वताइएको छ ।

कोरोना पुष्टि भएका १२ भारतीय नागरिक वैरवा र फत्तेपुरस्थित मस्जिदमा केही दिन बसेर उदयपुर प्रवेश गरेको खुलेपछि दुवै ठाउँका स्थानीयवासीको आज साँझ आरडिटी परीक्षण सुरु गरिएको छ । सप्तकोशी–१ का साथै मस्जिद रहेको वडा नम्बर २ र ४ को मस्जिदमा पनि जमाती गएको हुनसक्ने अनुमानमा सो वडासमेत आवतजावत बन्द गरिएको छ । वडा नम्बर २ र ४ मा आइतबार आरडिटीबाट परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

मस्जिदमा नमाज पढन जाने, मदर्सामा पढाउने मौलवी, भान्सेसहित सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिलाई पहिलो चरणमा परीक्षण गर्न लागिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

आरडिटी परीक्षणका लागि वडा नम्बर १ का ७०, वडा नम्बर २ का दुई सय र वडा नम्बर ३ का ८३ जनालाई छनोट गरिएको सप्तकोशी नगरपालिका–२ का सदस्य जाहिर हुसेनले जानकारी दिए । सप्तरी हुँदै उदयपुर पुगेका १२ जनामा कोरोना पोजेटिभ देखिएपछि गएराति नै मस्जिदमा पुगेर जानकारी लिएका सप्तकोशीका नगर प्रमुख उत्तम शर्माले आज आपत् व्यवस्थापन केन्द्रको बैठक बसेर मस्जिद क्षेत्रको मुस्लिम टोललाई कडा निगरानीमा राखेर आवतजावत बन्द गर्ने निर्णय गरेको बताए ।

मुस्लिम टोलमा घरबाट बाहिर ननिस्कन र बाहिरबाट कसैलाई आउन नदिने गरी स्वयमसेवक खटाइएको छ । नगरप्रमुख शर्माले भने, “सप्तकोशीमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दक्षिण सीमामा कडाई गर्न खटाइएपछि जनशक्ति अभावमा युवालाई स्वयसेवकका रुपमा खटाएका छौँ ।”

आरडिटी परीक्षणले मात्र ढुक्क हुने अवस्था नभएकाले सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा नजिक हुनेको पिसिआर प्रविधीबाट स्वाब परीक्षणसमेत गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिए । जमातीको अप्रत्यक्ष सम्पर्कमा आउनेको भने आरडिटी गरेर रिपोर्ट नेगेटिभ आएमा होम क्वारेन्टाइनमा राखिने उनले बताए ।

“पिसिआर गरेर रिपोर्ट नेगेटिभ आएमा क्वारेन्टाइनमा राखिने र पोजिटिभ आएमा आइसोलेशनमा राखेर उपचार गरिने छ”, यादवले भने, “प्रहरीले जमादीको कन्ट्याक्ट सर्भे गरिरहेको छ, ट्रेसिङ्ग र ट्रयाकिङ्ग गरेर सबै जमातीको स्वाब लिएर पिसिआर प्रविधिबाट परीक्षण गरिने छ ।”

यादवका अनुसार इस्लाम धर्मालम्बीको धार्मिकसभा ‘इज्तिमा’ भएको बोदे बर्साइनमा आइतबार नेपाली सेनाका चिकित्सक टोलीसमेतको सहभागितामा आरिडिटी परीक्षण गरिने छ । सबै जमातीको सम्पर्क बोदे बर्साइन भएको र धेरै आयोजक तथा व्यवस्थापक बोदे बर्साइनका भएकाले सोही ठाउँमा परीक्षण केन्द्र खडा गरेर जमादीमा जाने सबैको आरडिटी र पिसिआर परीक्षण गर्न लागिएको उनले बताए ।

सङ्क्रमित जिल्लाको दक्षिण–पश्चिम रहेको बोदे बर्साइनदेखि उत्तर–पूर्व रहेको कञ्चनरुप र सप्तकोशीको मस्जिदसम्म बस्दै गएको पाइएपछि सिङ्गो जिल्लावासी त्रसित छन् । जमातीहरु भारतबाट सङ्क्रमित भएपछि सप्तरी प्रवेश गरेको भएमा धेरै जनामा सङ्क्रमण फैलिएको हुन सक्ने अनुमानले सप्तरीवासी आतङ्कित बनेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies