काठमाडौं । कोरोना कहर चलिरहेको बेला बलिउड अभिनेता तथा बिगबोसका कन्टेस्टेन्ट एजाज खान पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले शनिबार पक्राउ गरेको हो । खानलाई सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्तिजनक टिप्पणी गरेको भन्दै पक्राउ गरिएको हो ।
एजाज खानले फेसबुक लाइभमार्फत मुश्लिम समुदायलाई अनावश्यक दोषारोपण गरिएको भन्दै राजनीतिक पार्टीहरुको विरोध गरेका थिए । उनले कमिलो मरेपनि मुश्लिम समुदायमाथि दोष लगाउने गरेको बताएका थिए ।
“यदि एउटा कमिलो मर्छ भनेपनि त्यसको जिम्मेवार मुसलमान हुन्छ, यदि एक हात्ती मर्छ भने पनि त्यसको जिम्मेवार मुसलमान हुन्छ । यदि दिल्लीमा भुकम्प आउँछ भने पनि त्यसको जिम्मेवार मुसलमान हुन्छ”, खानले भनेका छन्, “यस अर्थमा सबै घटनाको जिम्मेवारी मुसलमान हुन्छ । तर के तपाईंले सोच्नुभएको छ यसको मुख्य दोषी को हो ?”
खानले लाइभ भिडियोमा बान्द्रा स्टेशनमा जम्मा भएका मानिसहरुको भीड राजनैतिक पार्टीहरुको भएको बताएका थिए ।
खानलाई प्रहरीले भारतीय दण्ड संहिताको धारा १५३, ११७ र १२१ अनुसार कारबाहीको सिफारिस गरेको छ ।
विधानसभामा चुनाव लडेका थिए खान
अभिनेता एजाज खान मुम्बईको भायखल्ला सीटमा स्वतन्त्र उम्मेदवारको रुपमा विधानसभा निर्वाचनमा उम्मेदवार उठेका थिए । चुनावमा उनि नराम्रोसँग हारे । उनको जमानत पनि जफत भएको थियो ।
एजाज खान चर्चित टिभि रियालिटी शो बिग बोसमा देखिएका थिए । खान यसअघि पनि गत जुलाईमा मुश्लिम समुदायको विषयलाई लिएर गलत चर्चा गरेको भन्दै पक्राउ परेका थिए । एजेन्सीबाट
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: