Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

कोरोनाबारे सरकारलाई राप्रपाकाे १२ बुँदे सुझाव-पत्र (वक्तव्यसहित)

काठमाडौं । सरकारले कोरोना नियन्त्रण गर्न लकडाउन घोषणाबाहेक अरु प्रभावकारी काम गर्न नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई १२ बुँदे सुझाव दिएको छ। राप्रपाका अध्यक्षत्रय पशुपतिशमसेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रुपमा विज्ञप्ति जारी गरी उक्त सुझाव दिएका हुन्।

राप्रपाले बल नभई सहीसूचना प्रवाह गरी अभिभावकीय भूमिका निर्वाह गर्न, संकटको घडीमा अनियमितता, भ्रष्टाचार तथा कालोबजारी गर्नेलाई अबिलम्ब कारबाही गर्न र विदेशमा रहेका नेपालीलाई संक्रमणबाट जोगाउन सरकारलाई आग्रह गरेको छ।

यस्तै राप्रपाले जागिरबाट निकालिएका, सम्बन्धित सरकार र रोजगारदाताले जिम्मेवारी नलिएका र अलपत्र परेका नेपाली नागरिकहरुलाई विमान चार्टर गरेर भए पनि स्वदेश फर्काउने तथा अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्न माग गरेकाे ५ । कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीको निमित्तबाहेक भारत र चीनसँगको समा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

यस्ताे छ राप्रपाले दिएकाे १२ बुँदे सुझाब

कोरोना भाईरसको प्रकोपलाई नियन्त्रण गर्ने सन्दर्भमा करिब एक महिनादेखि देश बन्दाबन्दीको अवस्थामा रहेको छ । कोरोना प्रकोप नियन्त्रणगर्न बन्दावन्दी आवश्यक र प्रभावकारी उपाय हो । केही अपवाद बाहेक जतिसुकै कष्ट सहनु परेपनि आमजनताले हालसम्म सरकारको निर्णयलाई पालना गर्दै आएका छन् । तर, लकडाउन घोषणा गर्ने बाहेक अन्य कतिपय क्षेत्रमा सरकारको कार्य प्रभावकारी हुन सकेको छैन । सरकारी काममा समन्वय र चेन अफ कमाण्ड अत्यन्त कमजोर रहेको छ । यसै सन्दर्भमा देहायका विषयमा राप्रपा नेपाल सरकारको ध्यानाकर्षण गर्दछ :

१) लकडाउन लगायतका सरकारी निर्णयहरु कार्यान्वयन गर्ने क्रममा सरकारी संयन्त्र सहिष्णु र संवेदनशील रहनु जरुरी छ । महामारीको अग्रिम पक्तिमा रहेर कामगर्ने चिकित्सक र कतिपय स्थानमा सर्वसाधारण माथि ज्यादती भएको देखिएको छ । यस्ता कार्य दोहोरिन नदिन राप्रपा सरकारसंग आग्रह गर्दछ । यो बेला बल प्रयोग होइन सरकारले सहि सूचनाको प्रवाह र अभिभावकिय भूमिका  निर्वाह गर्नु पर्छ ।

२) महामारी फैलिएको महिनौं भैसक्दा पनि स्वास्थ्य सामाग्री र व्यक्तिगत सुरक्षा साधन अझै पर्याप्त मात्रामा आपूर्ति हुन नसक्नुले सरकारको कार्यशैली प्रभावकारी नरहेको स्पष्ट हुन्छ । यसर्तफ सरकारले तत्काल ध्यान देओस् भन्ने राप्रपा आग्रह गर्दछ । यस्तो संकटको घडीमा अनियमितता, भ्रष्टाचार र कालोबजारी गर्ने जोसुकै भएपनि अबिलम्ब कार्वाही गरिनु पर्दछ र कारवाही गरेको स्पष्ट देखिनुपर्छ ।

३) नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउंदै आएको बैदेशिक रोजगार क्षेत्र अहिले गंभीर संकटमा परेको छ । बिश्वको विभिन्न मुलुकहरुमा कार्यरत नेपालीहरु अहिले एकातिर कोरोना भाईरसको जोखिममा रहेका छन् भने अर्कोतर्फ उनीहरुको रोजगारी समेत संकटमा परेको छ । यस वास्तविकतालाई दृष्टिगत गर्दै राप्रपा देहाय बमोजिमका बिषयहरुतर्फ नेपाल सरकारको ध्यान आकर्षित गर्दछ :

क) बिभिन्न देशमा रहेका नेपालीहरुको स्वास्थ र सुरक्षा अवस्थावारे जानकारी लिने तथा कोरोना भाईरसको संक्रमणबाट जोगाउन आबश्यक पहल गर्ने,

ख) जागिरबाट निकालिएका, सम्बन्धित सरकार र रोजगारदाताले  जिम्मेवारी नलिएका र अलपत्र परेका नेपाली नागरिकहरुलाई विमान चार्टर गरेर भएपनि स्वदेश फर्काउने तथा अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्ने,

ग) कोरोना भाईरसको बिश्वव्यापि महामारीबाट बैदेशिक रोजगारीको क्षेत्रमा लामो लमयसम्म नकरात्मक प्रभाव पार्ने निश्चित रहेको हुंदा त्यसबाट नेपालमा पर्ने प्रभावलाई न्युनिकरण गर्न अहिले देखि नै अल्पकालिन र मध्यमकालिन रोजगारी प्रबर्द्धन सम्बन्धि कार्यक्रम तयार गर्ने,

घ) बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अवस्थावारे नियमितरुपले आमजनतालाई जानकारी गराउने

४) महामारीको बेला परिवारका साथ रहने चाहना बोकेर कष्टकर यात्रा सहंदै नेपाल–भारत सिमाना सम्म आईपुगेका नेपाली नागरिकहरुलाई स्वास्थ्य परीक्षण गरि देशभित्र ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न राप्रपा सरकारसंग माग गर्दछ ।

५) कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीको निमित्त बाहेक  भारत र चिनसंगको  सिमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तरराष्ट्रिय उडान बन्द गर्न राप्रपा सरकारको ध्यानाकर्षण गर्दछ ।

६) आफु बसेको ठाउंमा काम नपाएर, खाने बस्ने सुविधा नभएर तथा परिवारको जिम्मेवारी बोध गरेर सयौं किमि हिंड्दै घर फर्किरहेका मजदुर, किसान र सर्वसाधारणलाई सर्वोच्च अदालतको आदेश अनुरुप प्रदेश तथा स्थानीय सरकारको सहयोगमा गन्तव्य सम्म र्पुयाउन राप्रपा सरकारसंग अनुरोध गर्दछ ।

७) कोरोना भाईरसको महामारीको परिणामस्वरुप नेपालको कृषी क्षेत्र पनि प्रभावित भएको छ । पशुपालन, कुखुरापालन, माछापालन, दुग्ध व्यवसाय लगायत कृषी सम्बन्धि अन्य व्यवसायलाई परेको र भविष्यमा पर्न सक्ने नकरात्मक प्रभावलाई दृष्टिगत गर्दै अल्पकालिन र दीर्घकालिन राहत प्याकेज कार्यान्वन गर्न राप्रपा सरकारसंग माग गर्दछ । भविष्यमा खाद्य संकट आउन नदिन आवश्यक तयारी गर्ने ।

८) कोरोना भाईरसको महामारीले बिश्व अर्थतन्त्रमा गंभीर मन्दि देखापर्न थालिसकेको छ । नेपाल जस्तो अल्पविकसित र बिकासोन्मुख राष्ट्रको आर्थिक स्थितिमा पर्ने प्रतिकुल प्रभावलाई न्युनिकरण गर्न प्रभावकारी आर्थिक नीति र योजनाको आवश्यकता पर्दछ । यसवारे पछि सोचौंला भन्ने मानसिकताबाट मुक्त भै अहिले नै उपयुक्त वित्तीय र मौद्रिक कार्ययोजना तयार गर्न राप्रपा सरकारसंग आग्रह गर्दछ। साथै, मजदुर, रोजगारदाता, उद्योग बाणिज्य, कृषि, पर्यटन लगायतका क्षेत्रलाई सहुलियत र  सुविधा उपलब्ध गराईनु पर्दछ । समयमा त्यसवारे ध्यान नदिने र पछि महामारीलाई दोष दिएर पन्छन मिल्दैन ।

९) कोरोना भाईरसको प्रकोपले बिश्वका सबै धनि र गरिब राष्ट्रहरुको अर्थतन्त्रमा गंभीर र नकरात्मक असर पारेको छ। त्यसमा पनि नेपाल जस्तो अल्पविकसित देशलाई झन ठूलो असर पारेको छ। यस परिप्रेक्षमा नेपाल सरकारले अन्तरराष्ट्रिय समुदाय र फोरमहरुमा निम्न बमोजिमका दुई प्रस्ताव पेश गर्न राप्रपा सुझाव दिन्छ :

(क) अल्पविकसित र बिकासोन्मुख राष्ट्रहरुले लिएको ऋणमा आगामि दुई बर्षसम्मको लागि  व्याज मिनाह गरिनु पर्दछ ।

(ख) नेपाल जस्तो अल्पविकसित राष्ट्रहरुले तिर्नु पर्ने कुल ऋणको कम्तिमा ५० प्रतिशत मिनाह गरिनु पर्दछ ।

१०) बिश्व ईतिहासमा नै अत्यन्त त्रासदीपूर्ण रहेको यो महामारीलाई पराजित गर्ने मुख्य जिम्मेवारी सरकारको हो भन्नेमा कुनै विवाद छैन । यस सन्दर्भमा सरकारले चालेको र चाल्ने कदममा राप्रपाको सदैव सकारात्मक धारणा रहने छ । समस्याको संवेदनशीलता र गंभीरता दृष्टिगत गर्दै तथा विगतका परम्परा र अनुभवलाई समेत विचार गरि सबै पक्षको सहयोग र सुझाव लिन तथा सरकारको  कार्यवारे सबैलाई जानकारी दिन सबैतहमा सर्वदलिय संयन्त्र गठन गर्नु उपयोगी हुने राप्रपाको सुझाव रहेको छ । केन्द्रमा रहने त्यस्तो संयन्त्रको संयोजकत्व स्वयं प्रधानमन्त्रीले लिनु उपयुक्त हुनेछ ।

११) वर्तमान संकटको घडिमा सामाजिक सांस्कृतिक सदभाव खलबलाएर निहित स्वार्थपुर्ति गर्न चाहने प्रवृत्ति देखापर्न सक्दछ। यो भाईरसको खतरा कुनै धर्म,जाती, समुदाय र देश बिरुद्ध केन्द्रित छैन । यो सम्पूर्ण मानव जाती माथी आईलागेको संकट हो । त्यसर्थ परस्पर सदभाव र एकता कायम राखि कोरोना भाईरसको संक्रमणलाई पराजित गर्न राप्रपा आमजनतामा आह्वान गर्दछ ।

१२) कोरोना भाईरसको महामारी नियन्त्रण गर्न तथा विपन्न वर्गलाई सहयोग गर्न राप्रपाका विभिन्न ईकाईहरुले हालसम्म गर्दै आएको कार्यको सराहना गर्दै यो कार्य निरन्तर जारी राख्न तथा सबै तहका सरकारले चालेका कार्यहरुमा सहयोग र्पुयाउन पार्टीका सबै निकाय र कार्यकर्ताहरुमा हामी आह्वान गर्दछौं ।

पशुपती शमसेर जबरा     डा.प्रकाशचन्द्र लोहनी कमल थापा
  अध्यक्ष   अध्यक्ष   अध्यक्ष

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies