Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

पार्टी द्धन्द्धबारे बाेल्दै नेता खनालले भने, ‘अराजकता बढे उपलव्धी गुम्न सक्छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा अराजक नोकरशाही प्रवृति बढ्न थाले र मुलुकलाई अस्थिरतातिर उन्मुख बनाउने राजनीतिक प्रबृत्ति बढे प्राप्त उपलव्धीहरु नै गुम्ने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसका अवसरमा एक वक्तव्य जारी गर्दै नेता खानलले यस्ता चेतावनी दिएका हुन् ।

‘यो पार्टीलाई बैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रुपले सुदृढ र एकताबद्ध गरेर तथा पार्टीलाई नीति, विधि र पद्धति संगत ढंगले अघि बढाएर मात्र उपरोक्त उपलव्धीहरुलाई निरन्तरता दिन सकिन्छ । तर पार्टीमा अराजकताबादी र नोकरशाही प्रवृति बढ्न थाले र मुलुकलाई अस्थिरतातिर उन्मुख बनाउने राजनीतिक प्रवृत्ति बढ्न थाले भने हामीले प्राप्त गरेका उपलव्धीहरु नै गुम्ने समेत खतरा पैदा हुन्छ’ खनालले वक्तव्यमा भनेका छन् ।

त्यस्तै उनले यो अवधिमा करिब ५८ वर्ष लगाएर जनवादी क्रान्ति सम्पन्न गरेको, १० वर्ष लगाएर हामीले देशको संविधान निर्माण गरेको, संविधान बमोजिम नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा प्रथम निर्वाचनमार्फत देशमा केन्द्रीय, प्रदेश र स्थानीय सरकारहरुको गठन गरेको जनाएका छन् ।

यसबीचमा नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठुला पार्टीहरुलाई एकिकृत भएको र नेपाल कम्युनिष्ट पार्टीलाई सबैभन्दा ठुलो पार्टीका रुपमा स्थापित गर्दै समाजवादको लक्ष्यतिर उन्मुख भएर अघि बढिरहेको जनाएका छन् । उनले यी उपलब्धीलाई नेपाली कम्युनिष्ट आन्दोलनका असाधारण उपलव्धीहरु भनेका छन् ।

यिनै उपलब्धीहरुमार्फत राजनीतिक स्थिरता कायम भएको छ र मुलुक विकास निर्माण, प्रगति र समृद्धितिर अघि बढिरहेको खनालको भनाई छ । खनालले यतिबेला कुनै पनि प्रकारका अस्थिरतावादी प्रवृत्तिकाबिरुद्ध एकताबद्ध हुँदैं कोरोना भाइरसको महामारीका बिरुद्ध संघर्ष गर्नैपर्ने आवश्यकता रहकोमा जोड दिएका छन् । उनले त्यसरी अगाडि बढेर मात्र कोरोना महामारीविरुद्ध सफलतापूर्वक संघर्ष गर्न सकिने र राष्ट्र तथा मानव जातिलाई बचाउन सकिनेमा विश्वास व्यक्त गरेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending