Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

भत्तपुरमा अनुगमन नहुँदा औषधिमा कालोबजारी

भत्तपुर । कोरोना भाइरसका कारण देशभर लकडाउन भएको बेलामा औषधि व्यवसायीले भने औषधिजन्य सामग्रीमा कालोबजारी गर्न थालेका छन् । एकातिर औषधि पसलले कालोबजारी गर्ने र अर्कोतर्फ वडावडामा रहेका स्वास्थ्यचौकीले सामान्य स्वास्थ्य सेवासमेत नदिइ अभद्र व्यवहार गर्ने गरेको पाइएको छ ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोल स्वाथ्यचौकीले स्थानीयवासीलाई सेवा नै नदिइ अभद्र व्यवहार गर्ने गरेका छन् । स्वास्थ्यचौकीमा उच्च रक्तचाप मापनका लागि जानुभएका स्थानीय मुरारी नगरकोटीलाई स्वास्थ्यकर्मीले गेटबाटै फर्काइदिएका छन् । ढोका बन्द गरेर भित्र बसेका स्वास्थ्यकर्मीले बिरामी हेर्दै नहेरी फर्काउने गरेको गुनासो गर्दै उनले भने, “टाउको निकै दुखेर रक्तचाप परीक्षण गर्न गएँ, सबै स्वास्थ्यकर्मी ढोका बन्द गरेर बसेका छन्, रक्तचाप परीक्षण गर्न मिल्दैन र भित्र आउन पनि मिल्दैन भनेर बाहिरैबाट फर्काइदिए ।”

ज्वरो आएको मापन गर्दै औषधि लिन सोही स्वास्थ्यचौकी गएका स्थानीय लक्ष्मीभक्त खाताखोले स्वास्थ्यकर्मीले अभद्र व्यवहार गरेको गुनासो गरे । उनले भने, “ज्वरोआको जस्तो लाग्यो, जाँच गरेर औषधि ल्याउनुपर्यो भनेर चित्तपोल स्वास्थ्यचौकी गएँ, ढोका बन्द थियो, भित्र स्वास्थ्यकर्मी आफैँ थर्मलगनले ज्वरो नापेर जिस्किएर बसेका थिए, मैले ज्वरो नाप्नुपर्यो, औषधि लानुपर्यो भन्दा सिटामोल भित्रबाट बाहिर फ्याँकिदिए, ज्वरो नापेनन् ।” स्वास्थ्यकर्मीले छोइन्छ भनेर औषधि बाहिर फ्याँकिएको भन्दै उनीहरुबाटै अभद्र व्यवहार हुने र ज्वरोसमेत नाप नहुने भएपछि यस्ता स्वास्थ्यचौकीको अर्थ नभएको उहाँको भनाइ थियो ।

त्यसो त जिल्लाका सबै नगरपालिकाले प्रत्येक वडामा रहेको स्वास्थ्यचौकीमा थर्मलगन, पिपिइ र औषधिको व्यवस्था गरे पनि अधिकांश स्वास्थ्यचौकी भने दिनमा चार घण्टा खुल्ने र आएका बिरामीको परीक्षण र परामर्श नदिने गरेको गुनासो आएको छ । त्यस्तै जिल्लाका कतिपय अस्पतालमा सञ्चालित फार्मेसीदेखि, औषधि पसल र क्लिनिकले औषधिको मनोमानी मूल्य लिएको गुनासो व्यापक आए पनि अनुगमन नहुँदा उपभोक्ता मारमा परेका छन् ।

बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको लोकन्थलीस्थित समिट अस्पतालको फार्मेसीलाई कारवाही गर्यो । अनुगनमका क्रममा बढी मूल्य लिइ मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई गत शुक्रबार विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल रु दुई लाख जरिवाना गरिएको थियो । समिट अस्पतालको फार्मेसी एउटा नमूना मात्रै हो । यस्ता धेरै फार्मेसीले अचेल औषधिमा कालोबजारी गरे पनि सम्बन्धित निकायलाई कुनै चासो नभएको उपभोक्ता बताउँछन् ।

“लोकन्थलीको समिट अस्पताल अवैधरूपमा सञ्चालनमा छ, त्यहाँ धेरै प्रक्रिया पुगेका छैनन्, उपचार पनि हुँदैन, बोर्ड मात्रै राखेर किन अस्पताल चलाउँछन्, अनुगमन गर्नुपर्यो भनेर जिल्ला स्वास्थ्य कार्यालय प्रमुखलाई पटक–पटक भन्यौँ तर चासो दिएनन्”, मध्यपुरथिमि–१ लोकन्थलीका समिर भट्टले भने । कोरोना सङ्क्रमणको अहिलेको महामारीको अवस्थामा जिल्लाको यो अस्पतालले के गरिरहेको छ भन्नेबारेमा जिल्ला प्रशासन कार्यालयदेखि स्वास्थ्य कार्यालयले समेत चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

भक्तपुरमा सञ्चालित अस्पतालहरुको केही दिनअघि अनुगमन गरे पनि लोकन्थलीको समिट अस्पतालको भने कुनै अनुगमन भएन । यो अस्पतालका बारेमा अख्तियारदेखि सर्वोच्चसम्ममा उजुरी पर्दा पनि जिल्लाको अनुगमन गर्ने निकाय भने नदेखेझै गरेर बस्नुले शङ्का उब्जाएको लोकन्थलीका श्यामसुन्दर कार्की बताउछन् ।

भक्तपुरका अधिकांश औषधि पसलमा अहिले बालबालिकाको दमको लागि प्रयोग हुने औषधि, क्यान्सर, मुटुरोगी, मिर्गौलाका बिरामीले प्रयोग गर्ने औषधि बजारमा अभाव सिर्जना गरेको उपभोक्ताको गुनासो छ । सूर्यविनायक नगरपालिका–२ बालकोटका आरती कार्कीले औषधि पसलमा मनोमानी मूल्य लिने गरेको गुनासो गरे । उनले भने, “एक त औषधि पसलमा सिकारु मान्छे राखेका छन्, औषधिको नाम नै जान्दैनन्, अर्कोतर्फ औषधिको मूल्य मनोमानी लिएका छन्, औषधि अभाव भइसक्यो, औषधि आउन छाडेकाले समस्या छ, भन्ने गरेका छन्, यसमा कसैलाई चासो छैन ।”

छड्के अनुगमन गर्ने हो भने धेरै औषधि पसल कारवाहीमा पर्ने दाबी गर्नुहुन्छ राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुर अध्यक्ष मनोज थापा । उनले औषधि व्यवसायीले सुरक्षाका सामग्री मास्क, पञ्जा, स्यानिटाइजरमा मनोमानी मूल्य लिइरहेका र अत्यावश्यक औषधिमासमेत निर्धारित मूल्यभन्दा बढी लिएको गुनासो आएको भनाइ छ । मानवीय स्वास्थ्यसँग जोडिएको औषधि पसल तथा क्लिनिकमा छड्के अनुगमन गर्दै लकडाउनको बेलामा गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा झन् अनुगमन नै नगरेको उनको गुनासो छ ।

कतिपय निजी अस्पतालले बिरामी नै नलिने गरेको, कतिपय फार्मेसीमा औषधि छैन भन्दै कम औषधि बढी मूल्यमा बिक्री गर्ने गरेका, स्वास्थ्य सामग्री नक्कली बिक्री गर्ने गरेको, औषधिजन्य वस्तुमा कालोबजारी गर्ने गरेको र प्रत्येक वडामा रहेका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीले समेत स्वास्थ्य परीक्षण नगरी फर्काउने गरेको गुनासो व्यापक आएको उहाँको भनाइ छ । ज्वरो आएको बिरामी त अहिलेको अवस्थामा स्वास्थ्यचौकीदेखि अस्पतालसम्मले ढोकैबाट फकाउने गरेको चौतर्फी गुनासो आएको छ । कोरोना सङ्क्रमणबाहेक अन्य रोगका बिरामीले समेत उपचार नपाउने अबस्था आएको उपभोक्ता मञ्चका अध्यक्ष थापा बताउछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies