Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

मंगलबार राति नै बर्दिबासको होटेलमा बास बसेको थियो पूर्वआइजिपीको समूह

काठमाडौं । पूर्वस्वास्थ्यराज्यमन्त्री तथा सांसद डा.सुरेन्द्र यादवको अपहरणको चर्चासँगै बर्दिबासको गौतम होटेल पनि चर्चामा आएको छ । सञ्चालक हिरा गौतमका अनुसार पूर्वआइजिपी सर्वेन्द्र खनाललगायतको टोली मंगलबार राति नै होटेलमा आएको थियो । महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले सूचना गरेर ६ वटा कोठा उपलब्ध गराइदिन भनेपछि आफूले तयार गरिदिएको उनले बताए ।

‘आजको नयाँ पत्रिका दैनिकमा खबर छ - एसपी श्यामकृष्ण अधिकारीले पूर्वआइजिपी सर्वेन्द्र खनाल महोत्तरी आउँदै हुनुहुन्छ, उहाँलाई बस्न ६ वटा कोठा उपलब्ध गराइदिन आग्रह गर्नुभयो । सुरक्षाप्रमुखले आग्रह गरेपछि हुँदैन भन्ने कुरा भएन,’ सञ्चालक गौतमले भने, ‘मंगलबार मध्यराति दुईवटा गाडीमा आएको, राति खाना खाएर सुतेको र बिहान ७ बजेतिर हल्का नास्ता लिएर निस्किनुभएको हो ।’

उनीहरू साँझ ६ बजेतिर पुनः होटेल फर्किएर दुई घन्टाजति बसेको उनले बताए । तर, त्यतिवेला कोकसको भेटघाट भयो आफूलाई सबै जानकारी नभएको बताए । ‘बुधबार साँझ आउँदा भने तीनवटा गाडीमा हुनुहुन्थ्यो,’ गौतमले भने, ‘राति ८ बजे उहाँहरू चेकआउट गरेर सिन्धुलीको बाटो हुँदै काठमाडौं लाग्नुभएको हो ।’

सांसद यादव अपहरणको हल्ला फैलिएसँगै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव तथा अर्थमन्त्री विजय यादव बिहीबार बर्दिबासस्थित गौतम होटेल पुगेका छन् । उनीहरूले होटेलमा बसेका पूर्वआइजिपी सर्वेन्द्र खनाल तथा अन्य अतिथिहरूबारे सोधपुछ गरेका छन् ।

नयाँ पत्रिका होटेल पुग्दा उनीहरू सोधपुछ तथा सिसिक्यामेरा फुटेज चेकजाँच गरेर निस्किसकेका थिए । सञ्चालक गौतमले मन्त्रीहरू सोधपुछका लागि आएको पुष्टि गरे । तर, मन्त्रीहरूले नयाँ पत्रिकासँग भने यसबारे खुलाउन चाहेनन् ।

नयाँ पत्रिका संवाददाता बिहीबार सांसद एवं पूर्वस्वास्थ्यराज्यमन्त्री डा।सुरेन्द्र यादवको महोत्तरीको सस्सी गाउँपालिका–४ गैढास्थित घर पुग्दा यादवकी श्रीमती, दुई छोरी र एक ज्वाइँ घरमै भेटिए । तर, उनीहरू त्रसित थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy