काठमाडौं । विवादास्पद दुवै अध्यादेश फिर्ता लिएसँगै प्रधानमन्त्री केपि शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटघाट गरेका छन् । ओलीले आफ्नै कार्यकक्षमा बोलाएर कांग्रेस नेता शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । ओलीले देउवासँग एक्लै झण्डै एक घण्टा भेटवार्ता गरेको बुझिएको छ ।
ओली र देउवाको भेटवार्ता पछि अहिले बालुवाटारमा सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागि भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार अहिले ओली, प्रचण्ड र देउवाबीच सामुहिक छलफल जारी छ ।
भेटघाटको विषयमा नखुलाइएको भएपनि अध्यादेश फिर्तासँगै बदलिएको परिस्थितिबारे छलफल भईरहेको छ । सत्तारुढ पार्टीभित्र र बाहिर निकै आलोचना भएपछि गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दुवै अध्यादेश (राजनीतिक दलसम्बन्धि र संवैधानिक परिषदसम्बन्धी) फिर्ता लिने निर्णय गरेको थियो ।
सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था थियो ।
अध्यादेश आएसँगै सत्ताकब्जाको अभ्यास हुन खोजेको भन्दै नेकपाभित्रै गम्भिर संशय पैदा भएको थियो । विपक्षी कांग्रेसलगायतका दलले तत्काल फिर्ता लिन माग गरेका थिए ।
कांग्रेसलगायतका विपक्षी दलहरुले प्रधानमन्त्रीले सत्तामा रहने वैधानिक हैसियत गुमाएको भन्दै राजीनामा दिन माग गरेका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: