Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

पर्यटन क्षेत्रले माग्यो सरकारसँग २० अर्बको राहत

काठमाडौं । नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांकअनुसार हाल पर्यटन क्षेत्रमा करिब सवा खर्ब रुपैयाँ लगानी छ। पर्यटन क्षेत्रमा आबद्घ संस्थाहरूको समष्टिगत तथ्यांक संकलनका लागि बोर्डले गरेको अनलाइन सर्वेक्षणका अनुसार यस क्षेत्रमा १ खर्ब १३ अर्ब ६२ करोड ४५ लाख रुपैयाँ लगानी रहेको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - बोर्डले गरेको २ हप्ता लामो सर्वेक्षणमा ७८७ वटा फर्मले भरेको सूचनाको आधारमा यो तथ्यांक निकालिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले जानकारी दिए। जसमा टुरिस्ट भेइकल ९५, टे«किङ एन्ड क्लाइम्बिङ १४४, ट्राभल/टुर १४५, रेष्टुराँ ८६, र्‍याफटिङ १२, अन्य २६, होटल २४६ र एयरलाइन्स २३ कम्पनीले सहभागिता जनाएका थिए।

तर, उक्त तथ्यांकले पर्यटन क्षेत्रमा आबद्घ १५ देखि २० प्रतिशत संस्थाको मात्र प्रतिनिधित्व गर्ने बताइएको छ। बोर्डले सर्वेक्षण सुरु गर्दा २० हजार फर्मले तथ्यांक भर्ने अपेक्षा गरेको थियो। सोचेजस्तो उपलब्धी नभए पनि पर्यटन क्षेत्रको बारेमा एउटा आधार तय गर्न यो तथ्यांकले मद्दत गर्ने कार्यकारी अधिकृत रेग्मीले जानकारी दिए।

तथ्यांकअनुसार यी संस्थाको कुल बैंक ऋण ५३ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ छ भने प्रत्येक महिना कुल करिब ८१ करोड ८८ लाख रुपैयाँ ईएमआई तिनुपर्ने देखिएको छ। यी संस्थाले मासिक भाडा वापत १२ करोड २२ लाख रुपैयाँ बुझाउने गरेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy