Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

सार्क स्वास्थ्यमन्त्री भिडियो सम्मेलनः कोरोनाविरूद्ध अगाडि बढ्ने सहमति

काठमाडौं । कोरोना भाइरस महामारीलाई नियन्त्रणका लागि एकअर्काको अनुभवबाट ज्ञान हासिल गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का स्वास्थ्य मन्त्रालय सहयोगी बनेर अगाडि बढ्न सहमत भएका छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ - सार्क स्वास्थ्यमन्त्री स्तरीय भिडियो सम्मेलनमार्फत यस्तो सहमति भएको हो ।

पाकिस्तान सरकारद्वारा आयोजना गरिएको भिडियो सम्मेलनमा सबै सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी थिए । नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स र अफगानिस्तान गरी आठ मुलुक सार्कका सदस्य छन् ।

पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री डा. जफर मिर्जाको अध्यक्षतामा भएको सम्मेलनमा सदस्य राष्ट्रका प्रतिनिधिमण्डलले आफ्नो देशको अवस्थाबारे जानकारी आदानप्रदान गरेका थिए ।

कोभिड–१९ को प्रकोपविरुद्ध लड्न उनीहरूले साझा अनुभवहरू आदानप्रदानसमेत गर्नुभएको सार्क सचिवालयले जनाएको छ । सम्मेलनमा महामारीको कारणले हुने खतरालाई कम गर्न क्षेत्रीय सहयोग र ऐक्यबद्धताको महìवलाई उच्चताका साथ लिदैँ आफ्नो प्रतिबद्धतामा कायम रहने दृढता हरेक राष्ट्रले प्रकट गरेको थियो ।

भिडियो सम्मेलनमा नेपालका जनसङ्ख्या राज्यमन्त्री नवराज राउत, अफगानिस्तानका स्वास्थ्य सेवा उपमन्त्री डा. वहाद मजरुह, बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशक प्राडा अबुल कलाम आजाद, भुटानको स्वास्थ्य मन्त्रालयका सचिव उर्गेन डोफू, भारतका स्वास्थ्य सेवा महानिर्देशक प्रा. राजीव गर्ग, माल्दिभ्सको जनस्वास्थ्य महानिर्देशक मइमुना अबुबाकुरु र श्रीलङ्काको जनस्वास्थ्य सेवाका उपमहानिर्देशक डा. पाबा पलिहा वादाने सहभागी भएका थिए ।

सम्मेलनमा सार्कका महासचिव एसाला रुवान विराकुन सहभागी भएका थिए । महासचिव विराकुनले सार्क सचिवालयले सदस्य राष्ट्रहरूलाई विश्वव्यापी महामारीका पिरुद्ध लड्न सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy