Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

नेकपाभित्र यसरी हुँदैछ सत्ता परिवर्तनको खेल, यस्तो बन्यो डिजाइन

काठमाडाैं । सरकारले गरेका प्राय ठूला निर्णय हरेक पटक ब्याक फायर हुने अवस्था उत्पन्न हुने मात्र हाेइन नेकपाका लागि समेत प्रतिउत्पादक हुने सल्लाह प्रधानमन्त्री केपी ओलीलाई कसले दिएकाे थियाे हँ ? कि प्रधानमन्त्रीकै इच्छाले यस्ता अति नै विवादस्पद कामहरू भइरहेका थिए। कि यस्ता राष्ट्र नै उथलपुथल हुने अप्रिय निर्णय गराउन कुनै तत्वले प्रधानमन्त्रीओलीलाई नै चक्मा दिएर पार्टी र सरकारविरूद्ध निर्णय गराउन सफल भएकाे थियाे ? गुठी विधेयकदेखि २०७७ वैशाख ८ गतेकाे जारी भएका २ अध्यादेशले केपी ओली नेतृत्वकाे सरकार नै परिवर्तनको संघारसम्म पुर्याउने प्रमुख पात्र काे हाे ? अहिले बुद्धिजीवीहरूकाे मनमा खेल्ने गरेकाे मुख्य प्रश्न यही हाे ।

स्राेतका अनुसार, नेकपाकाे ४५ सदस्यीय स्थायी समितिकाे बैठक राखेर केपी ओली नेतृत्वकाे सरकार फाल्ने सहमतिमा प्रचण्ड, माधव कुमार नेपाल, भझलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गाैतम समूह पुगेकाे खुमलटार स्राेतले साँघु न्यूज डटकमलाई बतायाे ।

प्रचण्ड निकट स्राेतका अनुसार, चाडाेभन्दा चाडाे नेकपा स्थायी समिति बाेलाउने, प्रधानमन्त्री केपी ओलीकाे राजीनामा माग्ने, सहज रूपमा राजीनामा नदिएमा विभिन्न आरोप लगाउने, जस्मा पार्टीकाे कुरा नमानेकाे, स्वच्छन्द ढंगले सरकार चलाएकाे, पार्टीकाे सरसल्लाह बेगर नै गुठी विधेयक, अध्यादेश ल्याएर पार्टीकाे बद्नाम गर्ने काम सरकारले गरेकाे, पीएमका सल्लाहकारहरूबाटै पार्टी नेतृत्वप्रति विभिन्न आक्षेप लगाएर मानमर्दन गरेकाे र पछिल्लाे पटक सांसद अपहरणसम्मकाे कार्यमा प्रधानमन्त्री निकट सांसदहरू नै प्रयाेग जस्ता आरोप प्रधानमन्त्री केपी ओलीमाथि लगाउने तयारी गरेकाे माधव कुमार नेपाल निकट स्राेतले बतायाे ।

नेकपाकाे ४५ सदस्यीय स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीविरूद्धकाे पंक्तिमा ३२ जना रहेकाे स्थायी समितिले सहज रूपमा प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गर्ने, स्थायी समितिले गरेकाे आग्रह नमानेमा केन्द्रीय समिति तत्काल बाेलाएर विभिन्न आक्षेप लगाएर प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट फिर्ता बाेलाउने र पार्टी अध्यक्षबाट समेत हटाउने तयारी गरिएकाे प्रचण्ड निकट स्राेतबाट जानकारी हुन आएकाे छ ।

माधव नेपाल मन्त्रिमण्डलकाे लिष्ट नै तयार

प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री नारायणकाजी श्रेष्ठ, अर्थ मन्त्री सुरेन्द्र पाण्डे, गृह मन्त्री जनार्दन शर्मा, उद्याेग मन्त्री साेमनाथ पाण्डे र पर्यटन मन्त्री भीम रावल सहित २५ सदस्यीय मन्त्रििरषद्काे नामावली समेत तयार भएकाे नारायणकाजी श्रेष्ठ निकट स्राेतले बतायाे ।

स्राेतका अनुसार, प्रधानमन्त्री केपी ओली इतरकाे गठबन्धन अब कुनै पनि हालतमा नताेडिने गरी एकताबद्ध भएकाे छ । अब मात्रै वैधानिक र प्रक्रियागत ढंगले अघि बढ्न मात्र बाँकी भएकाले अब प्रक्रिया पुर्याउनका लागि पहिलाे कदम नेकपाकाे स्थायी समिति बैठक बाेलाएर अघि बढ्ने । साघुँ साप्ताहिकबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending