Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

ओम्नीसँग साँठगाँठ

काठमाडौं । स्वास्थ्य सेवा विभागले सम्झौताबमोजिम मेडिकल सामग्री आपूर्ति नगरेको भन्दै कालोसूचीमा राख्ने निर्णय गरेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिलाई विभागीय मन्त्रालयका अधिकारीले भने राहत दिने कसरत थालेका छन्।

आजको नागरिक दैनिकमा खबर छ -ओम्नीले आपूर्ति गरेका सामानको गुणस्तरमा प्रश्न उठिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु तिनै सामान प्रयोग गरेर भुक्तानी दिने कसरतमा छन्। ओम्नीले आपूर्ति गरेको कोरोना भाइरस संक्रमण भएनभएको नमुना परीक्षण गर्ने पोर्टेबल पिसिआर मेसिनदेखि ¥यापिड डायग्नोस्टिक टेस्ट किट ९आरडिटी० को गुणस्तरमा प्रश्न उठिरहेको छ। तर मन्त्रालयका अधिकारी भने ती सामान प्रयोग गरेर ओम्नीलाई रकम भुक्तानी दिने पक्षमा लागेका छन्।

प्रदेश २ को जनकपुर प्रादेशिक अस्पतालमा जडान गरिएको पोर्टेबल पिसिआर मेसिनबाट नमुना परीक्षण गर्दा दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याएर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो। यसबाट ओम्नीले २५ लाख रुपैयाँमा ल्याएको सो पोर्टेबल पिसिआर मेसिनको गुणस्तरमाथि प्रश्न उठेको छ। सरकारले ओम्नीसँग २५ लाख रुपैयाँभन्दा बढीका दरले ५ वटा पोर्टेबल पिसिआर मेसिन खरिद गरेको थियो।

ओम्नीले आपूर्ति गरेका सामानको गुणस्तरमा प्रश्न उठिरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरु तिनै सामान प्रयोग गरेर भुक्तानी दिने कसरतमा छन्।
स्वास्थ्य मन्त्रालयले ती पोर्टेबल पिसिआर मेसिन प्रदेश २, गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा पठाएको थियो। प्रदेश ५ र गण्डकी प्रदेशले ती मेसिनबाट परीक्षण बन्द गरेर अर्के पिसिआर मेसिनबाट परीक्षण सुरु गरेका छन्। ओम्नीले आपूर्ति गरेको पोर्टेबल पिसिआर मेसिन भरपर्दो नभएकाले केही प्रदेशमा बन्द गरेर अर्कैबाट परीक्षण थालेको र केही प्रदेशले नयाँ मागेको स्वास्थ्य मन्त्रालयकै अधिकारी बताउँछन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पोर्टेबल पिसिआर मेसिन प्रदेशमा पठाइएको बताउँदै केही प्रदेशले प्रयोग गर्न बन्द गरेको भन्ने आफूले सुनेको बताए। अन्य प्रावधिक विषयमा भने आफूलाई जानकारी नहुने उनको भनाइ छ।

पोर्टेबल पिसिआर मेसिन मात्र होइन मन्त्रालयले प्रस्ताव माग्दा उल्लेख नै नगरेको तर सम्झौतामा राखेर ओम्नीसँग खरिद गरेको ¥यापिड डायग्नोस्टिक टेस्ट किट ९आरडिटी० मार्फत कोरोना भाइरसको नमुना परीक्षण भइरहेको छ। करिब एक हजार रुपैयाँका दरले ७५ वटा आरडिटी खरिद गरिएको थियो। तर ओम्नीले चीनबाट एक लाख थान आरटिडी खरिद गरेर ल्याएको थियो।

ओम्नीले ल्याएको थप २५ हजार थान आरटिडी खरिद गरी सरकारलाई अनुदान दिन मन्त्रालयका उच्च अधिकारीले स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ९आइएनजिओ० हरुलाई दबाब दिएपछि ओम्नीसँगको साँठगाँठको रहस्य खुलेको छ। विभागले सम्झौताबमोजिम काम नगरेको भनेर ठेक्का रद्द गरी कालोसूचीमा राख्न सिफारिस गरेको कम्पनीले आयात गरेका सामान आएनजिओहरुलाई खरिद गरेर सहयोग गर भन्नुले ओम्नी र मन्त्रालयका केही उच्च अधिकारीबीच मिलेमतो रहेको पुष्टि हुने मन्त्रालयका एक अधिकारीले बताए। स्रोतका अनुसार मन्त्रालयका केही उच्च अधिकारीले रोटरी कल्ब, मेरि स्टोप्स, डिएफआइडी, युएसआइडी, कोइकालगायत दर्जनभन्दा बढी आइएनजिओलाई आरडिटी किट किनेर ओम्नीलाई सहयोग गर्न दबाब दिएका छन्।

मन्त्रालयका एक अधिकारीका अनुसार ओम्नीले ल्याएका २५ हजार आरडिटी आइएनजिओलाई किन्न लगाएर सरकारलाई उपलब्ध गराउने उद्देश्यले छलफल गरिएको हो। कालोसूचीमा राख्न सिफारिस गरिएको ओम्नीकै सामान खरिद गरेर सरकारलाई दिन एनजिओलाई गुहार्नु लजास्पद भएको मन्त्रालयका ती अधिकारीको टिप्पणी छ। ओम्नीलाई कालोसूचीमा राख्नबाट जोगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालयका केही उच्च अधिकारी लागिपरेको उच्च स्रोतको भनाइ छ।

ओम्नीको तेस्रो लटमा ल्याउने भनेर कबोल गरेको ८ करोड रुपैयाँभन्दा बढी मूल्यका ७५ हजार ¥यापिड डायग्नोस्टिक किट भने पहिलो लटमा नै ल्याएर सरकारलाई दिएको थियो। बाँकी २५ हजार आरटिडी किट पनि सरकारलाई भिडाउने दाउमा ओम्नी छ। त्यसका लागि मन्त्रालयका केही अधिकारीले चलखेल तीव्र पारेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE