Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

चालु आयोजना बजेटको प्राथमिकतामा

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ मा अधिकांश चालू विकास आयोजनाले निरन्तरता पाउने भएका छन् । कतिपय नयाँ आयोजना राखिए पनि सो सङ्ख्या ठूलो हुने छैन ।

आजको गोरखापत्र दैनिकमा खबर छ - कोरोना भाइरस (कोभिड–१९) प्रकोपका कारण चालू आर्थिक वर्षमा विकास गतिविधिमा प्रतिकूल प्रभाव परेकाले आगामी आर्थिक वर्षमा चालू राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोरोना महामारीका कारण सिङ्गै अर्थतन्त्र तथा राजस्व सङ्कलनमा असर पुगेको बताए ।

अब आउने बजेटको आकार खुम्चिने भन्दै उनले आगामी आर्थिक वर्षमा नयाँ विकास आयोजना थप गर्नुको सट्टा पुरानो आयोजनालाई निरन्तरता दिइने बताए । ‘विगत वर्षदेखि थालनी गरिएका आयोजनाहरूलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिने सोचका साथ कार्यक्रम तथा बजेट निर्माणको काम भइरहेको छ’ मन्त्री नेम्वाङले भने, ‘आगामी आर्थिक वर्षमा उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्न सक्ने आयोजनालाई बढी प्राथमिकता दिन्छौँ ।’

नागढुङ्गा सुरुङमार्ग, काठमाडौं–तराई द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र उत्तर–दक्षिण करिडोर सडक आयोजना लगायतका राष्ट्रिय गौरवका आयोजना, रेलसँग सम्बन्धित आयोजना, सडक र पुलसँग सम्बन्धित पुराना आयोजनाले निरन्तरता पाउने उहाँले स्पष्ट पार्नुभयो । त्यसैगरी रुग्ण आयोजनालाई समेत नियमितता प्रदान गरिने उनले बताए ।

पुराना विकास आयोजनालाई प्राथमिकतामा राख्ने भए पनि केही नयाँ विकास आयोजनाहरूसमेत पर्ने जानकारी मन्त्रालयले दिएको छ । आगामी आर्थिक वर्षमा चक्रपथ दोस्रो खण्ड अन्तर्गत महाराजगञ्जदेखि धोबीखोला पुलसम्म विस्तार गरिने छ ।

काठमाडौं उपत्यकाका मुख्य चोकमा फ्लाइओभर तथा अन्डरपास निर्माण गर्न, पूर्व–पश्चिम राजमार्ग विस्तार, मुग्लिन–नारायणगढ सडक विस्तार, मुग्लिन–पोखरा सडक विस्तार, टोखा–छहरे सुरुङमार्ग, पाल्पाको सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि बजेट विनियोजन गरिने मन्त्रालयले बताएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending