Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

ट्रम्पको दम्भले महामारीमा डुबेको अमेरिका –१० लाख बढी संक्रमित, ६१ हजार बढीको मृत्यु

काठमाडौं ।  कहिले अमेरिका बन्द गर्न बनेको देश होइन भन्दै त कहिले कोरोनाले अमेरिकीहरुलाई नोक्सान नगदर्ने बताउँदै आईरहेका अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले अन्य मुलुक जस्तो अमेरिकामा न लकडाउन गरेका छन् नत सार्वजनिक स्थानहरु बन्द गर्ने गरेका छन् ।
कैंयन शहरका मेयरहरु र कम्पनिहरुले सामाजिक दुरी कायम गर्ने र घरबाटै काम गर्ने व्यवस्थाहरु लागु गरेका छन् । अहिले विश्वमा कोरोना संक्रमणको संख्यामध्य झण्डै आधा संख्या जस्तो संख्या अमेरिकामा मात्रै पुग्नमा ट्रम्पलाई जिम्मेवार ठहर्याइएको छ ।

अमेरिकामा कोरोना भाइरस (कोभिड- १९) का कारण मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ। अमेरिकामा विगत २४ घण्टामा २३ सय ५२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ एकै दिन २७ हजार पाँच सय ८६ जना बिरामी थपिएका छन्।

अमेरिकामा हालसम्म १० लाख ६३ हजार पाँच सय ५१ जना संक्रमित भेटिएका छन्। ती मध्ये १ लाख ४७ हजार १ सय १४ जना निको भएर घर फर्किएका छन्। अमेरिका पछि धेरै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। त्यहाँ २७ हनार ६ सय ८२ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख ३ हार ५ सय ५१ जना संक्रमित छन्। बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मार्च २ यता २६ हजार ९७ पुगेको बेलायतको स्वास्थ्य मन्त्रलायले जनाएको छ। तथ्यांक अनुसार पछिल्लो एक दिनमा बेलायतमा सात सय ६५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो। बेलायचमा १ लाख ६५ हजार २ सय २१ जना संक्रमित रहेका छन्। स्पेनमा मृत्यु हुनेको संख्यामा केही कमी आएको छ। त्यहाँ विगत २४ घण्टामा ४ सय ५३ जनाले ज्यान गुमाएका छन्।

हालसम्म स्पेनमा २४ हजार २ सय ७५ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा २४ हजारको ज्यान गएको छ। त्यहाँ एक लाख ६६ हजार ४ सय २० जनामा संक्रमण भेटिएको छ। अर्को अमेरिकी देश ब्राजिलमा केहि दिनदेखि तीव्र रुपमा फैलिदै गएको यो भाइरका कारण एकै दिन ४ सय ४८ जनाले ज्यान गुमाएको वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांकमा छ।

त्यस्तै हाम्रो छिमेकी देश भारतमा ३३ हजार ६२ जना संक्रमित छन्। त्यहाँ हालसम्म एक हजार ७९ जनाले ज्यान गुमाएका छन् भने ८ हजार ४ सय ३७ जना निको भएका छन्। विश्वभरमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ। आज विहान सम्म विश्वमा ३२ लाख १९ हजार २ सय ३५ जनामा संक्रमण भेटिएको छ। २ लाख २८ हजार १ सय ८९ जनाको ज्यान गइसेको छ। त्यस्तै १० लाख भन्दा धेरै मानिस निको भएर घर फर्किएका छन्।  एजेन्सी ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending