Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

हरेक दिन चीनका विद्यालय र कार्यालयहरुको बाहिर कोरोना परीक्षण

बेइजिङ । चीनका विद्यालय तथा विभिन्न सरकारी कार्यालयहरुमा कोरोना भाइरसको परीक्षण गर्ने गरिएको छ । हरेक दिन विद्यालय जाने विद्यार्थीहरु देखि सरकारी तथा निजी कार्यालयमा काम गर्न जाने कर्मचारीहरुको कोरोना भाइरसको परीक्षण गरेर मात्र भित्र पस्न दिने गरिएको समाचारमा जनाइएको छ ।

हरेक दिन विद्यालय पुगेका विद्यार्थीहरु यो परीक्षणका लागि लाम लागेर उभिएको देखिने गरेको छ । कक्षा कोठाभित्र छिर्नु अघि उनीहरुको स्वाब परीक्षण गरिन्छ । त्यसपछि उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि मात्र कक्षा कोठाभित्र छिर्न दिने गरिएको बताइएको छ ।

त्यसैगरी विद्यालयका अतिरिक्त सरकारी तथा निजी काममा रहेका कर्मचारीहरुको पनि स्वाव परीक्षण गरेरमात्र कार्यालय भित्र जान दिने गरिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी यहाँका नागरिकहरु एक प्रान्तबाट अर्कोमा जाने काम प¥यो र जान लाग्यो भने पनि जानुअघि यो परीक्षण गरेर यसको रिपोर्ट नेगेटिभ आएपछि मात्र यात्रामा निस्किने गरेको छ ।

एक प्रान्तबाट अर्कोमा प्रवेशका लागि पनि कोरोना भाइरस नेगेटिभ आएको स्वास्थ्य परीक्षणको प्रमाणपत्र भएपछि मात्र छिर्न पाइने नियम बनाएको बताइएको छ ।
यहाँका बायोटेक कम्पनीहरुले पनि कोरोना भाइरसको परीक्षणसम्बन्धी किटहरु निकै ठूलो मात्रामा उत्पादन गर्ने गरेका पनि बताइएको छ ।

यसैबीच सांघाई र बेइजिङका विद्यालयहरू गत हप्तादेखि नै खुलेका हुन् । गतहप्ता देखि यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय जान थालेका हुन् ।

महिनौँको बन्दपछि सोमबार पहिलो पटक बेइजिङ र सांघाइका विद्यालयहरू खुलेर हाल नियमित रुपमा पठन पाठन सुरु भएको समाचारमा जनाइएको छ ।

कोरोना भाइरसको महामारीका कारण यी शहरका विद्यालयहरू पनि बन्द गरिएको थियो । बेइजिङ र सांघाइसँगै चीनका प्रमुख शहरका विद्यालयहरू बन्द गरिएको थियो । अहिले भने चीनमा सरकारी तथा निजी कार्यालयका साथै विद्यालय, विश्वविद्यालयहरु सुचारु भएका छन् ।

चीनमा कोरोना भाइरसको उत्पत्ति भएपछि त्यहाँ लामो समयसम्म लकडाउन गरिएको थियो । यही लकडाउनका कारण यहाँका अरु कार्यालहरूका साथै विद्यालय तथा विश्वविद्यालयहरू पनि बन्द गरिएको थियो ।

चीनमा अहिले संक्रमणको उच्च सतर्कता अपनाइएको छ । यही उच्च सतर्कताका साथ व्यावसाय तथा कार्यालयहरू विस्तारै खुला गर्न थालिएको छ ।

चीनको वुहान शहरमा गत डिसेम्बरको अन्तिम हप्तादेखि देखा परेको कोरोना भाइरसको प्रकोपले सबैभन्दा पहिला चीनलाई नै प्रभावित पारेको थियो ।

यस संक्रमणबाट चीनमा ४ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ । चीनमा यो महामारीको प्रकोप नियन्त्रणमा आएपछि यहाँको जनजीवन विस्तारै सामान्यतर्फ फर्किने प्रयासमा रहेको यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies