Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

यो कस्को "असार "हो?

\"mukta_khawas_khabardabali\"

\"प्रिय असार \" तिमी आएर पनि जाने बेला भैसकेछ। मैले कति खोजे यतातिर सबै पाए तर तिमिलाइ पाउन सकिन। न तिमी आउँदा स्वागत गर्न पाए न जादा  बिदाइ गर्न पाए। यसपली तिमी भन्दा धेरै टाढा आए!

मलाई थाहा छ पोहोर साल तिम्रो आगन मा म कति नाचे हराय आफैंलाई बिर्सिए गाए \" हो हो माले हो हो\" तिमी खुशी थियो संगै तिम्रो मुहार कति उज्यालो थियो। बिर्खे दाइ तल्ला घरे साइला दाइ रामे श्यामे ठुली भाउजू कान्छी दिदी सबैले तिम्रो आगमनमा तिम्रै गित गाए \"असार मासको दपदपे हिलो\" भन्दै पुरानो साइनो लाए बोलाए !

यसपाली त म तिमी भन्दा टाढा छु। तिमिलाइ माया गर्ने थुप्रै यतै छन सोधिरहन्छ्न तिमिलाइ नै खोजी रहन्छ्न। साच्ची हो हामी तिमिलाइ बुझेका छौ तिमी हमिलाइ बुझेकी छौ। हाम्रो यो बाध्यता हो चलन यस्तै छ \"प्रिय असार\"जुन तिम्रो हैनन तिम्रो हु भन्छ्न ! जुन साच्चै  तिम्रो हुन बिबसताले परको बन्छ्न! तर हाम्रो नाता हाम्रो भावना समन्ध गहिराइ कि तिमिलाइ कि हामिलाइ थाहा छ। यो असार तिमी सङग दुख रोप्ने चमेली पसिना छर्ने बिर्खे दाइ तिमिलाइ माया गर्ने रामे श्यामे उनिहरुको हैन हुनिहरुको हो,

के गर्नु त? तिम्रो मान्छे सङग जीवन छ आफ्नो छैन भोक छ स्वाद छैन। कपडा छ भेष  छैन आवाज छ भाषा छैन साइनो छ आफ्नो हैन मेरो हौ तर आफ्नो भन्ने अधिकार छैन ।

त्यसैले उनिहरु तिमी सङग एकदिन आउछ्न । पजेरो बाट ओर्लिन्छ्न कालो चस्मा निकाल्छ्न अनि तिम्रो टीका लाउछ्न\" तस्वीर खिचाउछ्न अनि नक्कली प्रमाण बानाउछ्न देखाउछ्न यी मेरो \"असार १५\"!!! अनि जताततै उनीहरु हुन्छ्न। फलाक्छ्न देखाउछ्न हेर्ने को के दोस हेर्छ्न सुन्छ्न जिब्रो टोक्छ्न भन्छ्न वाह तिनका \"असार १५\"

प्रिय असार यहाँ यस्तै छ तिमी आउछौ आफ्नो बनाएर जान्छौं उनिहरु आउछ्न तिमीलाई जबर्जस्ति लान्छ्न । दशै आउँछ तिहार आउँछ अनि तिमि आफ्नै हुदाहुदै पनि आफ्नै \"असार\"  उनी हरु सङग माग्नु पर्छ साहुजी मलाइ अलिअकती दिनुस न दशै आयो । देख्छु हेर्छु सुन्छु म पनि उनिहरु जस्तै मान्छे हु ! दुख्छ पीडा हुन्छ मुटु उस्तै चल्छ! चिमोट्छु  सोध्छु अनि के म मान्छे हैन??? जताततै हेर्छु दमन थिचोमिचो अन्याय शोषण ठुलो सानो मानवता हराएका ती शासक सङ्ग मलाई चिच्चाए सोध्न  मन लाग्छ ! यो \"कस्को असार\" हो ???
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending