Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

कुवेतले ३ हजार नेपाली फर्काउँदै

काठमाडौं । वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब ३ हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि एम्नेष्टीको ‘आकर्षक प्याकेज’ घोषणा गरेको थियो। त्यसमा नेपालको पालो २६ अप्रिल देखि ३० सम्म राखेको थियो। तीन हजार भन्दा बढी नेपालीले आवेदन दिएको दूतावास अधिकारीले जानकारी दिए।

साउदी अरेबियाले पनि कोभिड अघि घोषणा गरेको एम्नेष्टी खोल्न सक्नेछ भने त्यस्तै एमनेस्टी यूएईले पनि गर्न सक्ने दूतावास अधिकारीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन्।

यता मलेसियाले पनि फर्कनेका लागि आइतबार सूचना जारी गरिसकेको छ। साउदी, कतार, युएई, मलेसिया, कुवेत अधिक नेपाली कामदार रहेको मुलुकमा पर्छन्।

एमनेस्टी बाहेक नियमित आउन नपाएर बसेका नेपाली पनि खाडी मुलुकबाट लकडाउन खुल्ने वित्तिकै आउन सक्ने छन्। फर्कन सक्ने नेपालीको विषयमा परराष्ट्र मन्त्रालयले अध्ययन प्रतिवेदन नै बनाइरहेको छ।

‘यसरी नेपाली फर्कने अवस्थालाई कसरी सम्बोधन गर्ने भनेर हामी अन्तर मन्त्रालय छलफलमा छौं। दूतावासहरूबाट प्रतिवेदन माग गरी तयारी अघि बढाइएको छ’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्नपूर्णसँग भने, ‘कुनै मुलुकले बिना भिसा रहेका नेपालीलाई फिर्ता गर्छु वा ल्याइदिन्छु भन्दा नाई भन्न सक्ने अवस्था रहन्न। यसैले फर्कनेलाई कहाँ ब्यवस्थापन गर्नेभन्ने विषयमा छलफल भइरहेको छ।’

कूवेतले नेपालसम्म नै ल्याइदिने हुनाले उनीहरूलाई काठमाडौंमै राख्ने वा प्रदेश/स्थानीय तह कहाँ राख्ने विषयमा पनि छलफल भइरहेको उनले बताए।आइतबार मात्रै पनि मन्त्रालयगत छलफल भएको र यही मोडलमा जाने भन्ने टुंगो लागि नसकेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

कोभिड-१९ नियन्त्रण उच्चस्तरीय समितिमा समेत यो विषयमा छलफल भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए। नियमित फर्कने बाहेक अन्यलाई पनि आर्कषक प्याकेज दिएर फर्काउन थाले के गर्ने भन्दै त्यसमा छलफल भइरहेको छ।

कुवेतले अवैध (बिना भिसा) कार्यरत नेपालीलाई आफ्नै उडानमा नेपाल ल्याइदिने जानकारी दूतावासलाई दिइसकेको छ। त्यसका लागि ४५ दिन समय रहेको भनिएको छ।

‘२५ देखि २७ सय नेपाली फर्कन सक्ने आकलन हाम्रो छ। भिसा सकिएर पनि काम गरिरहेका र एउटा कम्पनीमा काम गर्न भनेर गएका तर पछि अर्को कम्पनी सरेका कारण अवैध भएकालाई फिर्ता पठाउने नीति लिएको हो’, कुवेतका लागि नेपाली राजदूत दुर्गा भण्डारीले टेलिफोनमा भने, ‘लकडाउनमा यति धेरै नेपालीलाई फर्काउन सहज छैन। परराष्ट्र मन्त्रालयसँग यो विषयमा के गर्ने भनेर छलफल भइरहेको छ। यद्यपी, हामीलाई अरु ४५ दिन समय छ।’

सबै मुलुकको सकिएपछि हाम्रो पालो रहेकाले नेपालीप्रतिको सदभावकै रूपमा लिइएको पनि राजदूतले बताए।

अवैध आप्रवासी उक्त एमनेष्टीमार्फत फर्केमा उनीहरूले भविष्यमा पुनः कुवेतमा रोजगारीका लागि जान पाउने अधिकार सुरक्षित रहन्छ। फर्कनु अघिसम्म कुवेत सरकारले पाल्ने र घर फिर्ता पनि उसैले गरिदिने भएपछि अधिकांश अवैध आप्रवासी कुवेत सरकारको प्याकेजमा सहभागी भएका हुन।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE