काठमाडौ । ललितपुर महानगरपालिका–२ स्थित वाग्मती किनार वरपर बसोबास गर्ने ६५ विपन्न परिवारलाई सृष्टि महिला समूहले राहत वितरण गरेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका क्रममा दैनिक ज्यालादारी गरी खाने श्रमिकलगायत विपन्न परिवारका मानिसलाई जीविकोपार्जनमा कठिनाइ भएको देखेपछि सहयोग जुटाएर चामल, दाललगायत अत्यावश्यक खाद्य सामग्री वितरण गरिएको समूहकी अध्यक्ष पार्वती राउत डङ्गोलले राससलाई जानकारी दिए ।
थापाथली वारिपारिको भागमा सुकुम्बासी, श्रमिक, विपन्न परिवारको बाक्लो बस्ती छ । राहत वितरणका लागि जापानको कम्पनी दाइसुके कियामाले पनि सहयोग गरेको उनले बताए । प्रतिपरिवार २५ केजी चामल, दुई केजी दाल, एक केजी चिनी, एक केजी नून, एक लिटर तेल र एउटा साबुन वितरण गरिएको हो । महानगरपालिकाको स्वीकृति लिएर वडा कार्यालयको समन्वयमा राहत वितरण गरिएको समूहले जनाएको छ ।
महानगरपालिकाले समूहलाई दुई वर्षदेखि उत्कृष्ट महिला समूहका रुपमा समेत घोषणा गर्दै आएको छ । समूहले दुई वर्षदेखि महानगरपालिका–२ स्थित राममन्दिरमा विपन्न बालबालिकाका लागि महिनामा एकपटक पोषणयुक्त खानासमेत खुवाउँदै आएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: