सप्तरी । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका सप्तरीका १८ वर्षीय युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका परिवार र साथीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको २३ जनाको स्वाबको पिसीआर नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोभिड–१९ पुष्टि भएका डाकनेश्वरी नगरपालिका–३ का युवकको प्रत्यक्ष सम्प्र्कमा आएकी उनकी आमा, हजुरबुबा र हजुरआमा तथा चितवनबाट सँगै आएका १२ जना साथीको स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए। यसैगरी डाकनेश्वरी नगरपालिका–५ पातोस्थित क्वारेन्टाइनमा सङ्क्रमित युवकसँगै कोठामा बसेका दुई, कपिलवस्तुबाट आएका तीन र नियमित क्वारेन्टाइनको ड्युटीमा रहेका दुई प्रहरी र एक स्वास्थ्यकर्मीको समेत स्वाबको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
निमित्त प्रमुख यादवका अनुसारे मङ्लबार उनीहरुको स्वाब सङ्कलनपछि परिवारका दुई महिला र २१ पुरुषलाई पातोस्थित क्वारेन्टाइनमा राखिएको छ । स्वाबको रिपोर्ट नेगेटिभ आए पनि सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका उनीहरुलाई अझ एक साता पातोस्थित क्वारेन्टाइनमै राखिने जनाइएको छ । स्वाब परीक्षणको रिपोर्ट आउनु अघिल्लो रात आइतबार सङ्क्रमित युवकलाई घर पठाइएको र सङ्क्रमण पुष्टि भएपछि उनका परिवारका आमा, हजुरआमा र हजुरबुवालाई क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका बेला चितवनबाट वैशाख ८ गते मध्यराति निक्लिएर उनीसहित १३ मजदुर ट्रक, ट्र्याक्टर र पैदल हुँदै वैशाख ९ गते सप्तरी आएका थिए । डाकनेश्वरी नगरपालिका–३ का वडाध्यक्ष प्रदीप भनिने अरुणकुमार साहका अनुसार १३ जनालाई घर जान नदिइ सोझै क्वारेन्टाइनमा राखिएकामा पिसीआर रिपोर्ट नआउँदै आइतबार राति युवकलाई घर जान दिइएको थियो ।
स्वास्थ्यकर्मीले वैशाख २२ गते सङ्क्रमित युवकसँगै चितवनबाट आएका १३ जनामध्ये छ जनाको आरडिटी परीक्षण गरेको थियो । बाँकी सात र क्वारेन्टाइनमा बसेका अन्य तीनको वैशाख २६ गते स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रतिष्ठानमा पठाइएको थियो । आरडिटी परीक्षण गरिएका छ युवालाई वैशाख २२ गते र बाँकी सात जनालाई आइतबार होम क्वारेन्टाइनमा बस्ने परामर्श दिएर घर पठाइएको थियो । आधिकारिकरूपमा युवकसहित १० जनाको परीक्षण रिपोर्ट सोमबार मात्र आएको थियो । जसमा एक युवकको रिपोर्ट पोजेटिभ आएपछि उनलाई राजविराजस्थित आइसालेसन वार्डमा राखिएको छ ।
सङ्क्रमित युवकको सम्पर्कमा आएकाहरुको अझै खोजी भइरहेको र सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रयाकिङ र ट्रेसिङ गरी पिसीआर परीक्षण बढाइने निमित्त प्रमुख यादवको भनाइ छ । बिहीबार पनि सुरुङ्गा, शम्भुनाथ, राजगढ, राजविराजलगायतबाट ११ जनाको स्वाब परीक्षणका लागि प्रतिष्ठान पठाइएको बताइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: