Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

के के आयो सरकारको नीति तथा कार्यक्रममा ? बुँदामा पढ्नुहोस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

सो क्रममा उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाल रहेको बताइन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरिने घोषणा गरिन् ।

उनले सीमा विवाद समाधानका लागि कुटनीतिक पहल थाल्ने जानकारी दिइन् ।

नीति तथा कार्यक्रमका मुख्य घोषणाः
– कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो । ती स्थान समेटेर नेपालको नक्सा सार्वजनिक गरिने ।

– ३०० पुल बनाइने ।

– तीन वर्षभित्र सुकुम्वासी समस्या र अव्यवस्थित बसोबास अन्त्य गरिने ।

– आगामी आर्थिक वर्षमा दुई अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याइने ।

– वैदेशिक व्यापारमा चीनका ७ बन्दरगाह प्रयोग गरिने ।

– दीगो पर्यटन उत्थानको कार्यक्रम ल्याइने ।

– काभ्रेको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल बनाउने ।

–आगामी तीन वर्षभित्र सबै नेपालीको घरमा खानेपानी पुर्याइने ।

– भैरहवा विमानस्थल सञ्चालन, निजगढ र काभ्रेमा विमानस्थल निर्माण सुरु गरिने ।

– कृषिमा अनुदान रकममा नभइ उत्पादन सामग्रीमा दिइने ।

– तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउने ।

– नेपाल–भारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन गरिने ।

– नागढुङ्गा–नौबिसे सुरुङमार्गको एक किलोमिटर खण्ड यसै वर्ष बन्ने ।

–तीन वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गरिने ।

– प्रविधिको अधिकतम प्रयोग गरी कम्पनी दर्ता तथा नविकरण छिटो छरितो बनाइने ।

–वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्गको निर्माण थालिने ।

– मनमोहन र गंगालाल अस्पताललाई बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने ।

– ठूला आयोजनामा मात्रै विदेशी लगानी भित्र्याइने, विदेशबाट फर्केका र अर्धबेरोजारलाई कृषिमा जोडिने ।

– सरकारी स्वामित्वका बन्द उद्योग फेरि सञ्चालन गरिने ।

– मालपोतको काम अनलाइन प्रणालीबाट गरिने ।

– ‘स्वच्छ नेपाल’ अभियान सञ्चालन गरिने ।

– सरकारी, सार्वजनिक र गुठी जग्गा अतिक्रमण हटाउन अभियान चलाइने ।

–स्वदेशमै फलाम उत्पादन शुरू गरिने ।

– गरीब तथा विपन्नलाई निःशुल्क उपचार ।

– एक चिकित्सक, एक स्वास्थ्य संस्थाका लागि ९ अर्ब विनियोजन गरिने ।

– भूमि बैंक स्थापना गरिने ।

– सबै स्थानीय तहमार्फत युवाहरुलाई घुम्ती तालिम गरिने ।

– विमानस्थल र सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिने ।

– राजमार्गमा एक घण्टाको दूरीमा ट्रमा सेन्टर स्थापना गरिने ।

– ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ नारा कायमै ।

– जमिन बाँझो राख्न नपाइने ।

– स्वदेशी वस्तु उपयोगको लागि अभियान चलाइने ।

– खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गरिने ।

– सहकारी संस्था गाभ्न प्रोत्साहन गरिने ।

– प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकिने

– आन्तरिक राजश्वलाई आम्दानीको मूख्य श्रोत बनाइने ।

– स्वास्थ्य सेवा विभाग खारेज हुने, महामारी नियन्त्रणका लागि खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गरिने स्थापना गरिने ।

– वैदेशिक रोजगारीबाट फर्केका युवालाई सुरुआती पुँजी उपलब्ध गराउने ।

– स्नातकोत्तर पढेका युवालाई शैक्षिक विकासमा परिचालन गरिने ।

– देशलाई कोरोनामुक्त बनाउनु पहिलो प्राथमिकता ।

– केन्द्रमा ३ सय शैय्या र प्रत्येक प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल बनाइने ।

– देशभरबाट ३ अंकमा फोन गरेर एकीकृत एम्बुलेन्स सेवा सुचारु गरिने ।

– आगामी आर्थिक वर्षमा ‘साक्षर घोषणा गरिने’ बताइएको छ ।

– संघमा ३०० शैय्याको अत्याधुनिक अस्पताल निर्माण गरिने ।

– फजुल खर्च रोक्ने, आयोजनाको पुनर्प्राथमिकीकरण गर्ने ।

– १० वर्षमा कृषि उत्पादन दोब्बर पार्ने घोषणा ।

– आगामी वर्षभित्र सबैको स्वास्थय बिमा गरिने ।

– वडामै मधुमेह र रक्तचापको परीक्षण गरिने ।

– ४० वर्षमाथिका नागरिकको ६ महिनाको एक पटक अल्बुमिन तथा ग्लुकोज निःशुल्क जाँच हुने ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending