काठमाडौं। करिब ६० करोडको आफ्नो ठेक्का जोगाउन मन्त्रिपरिषद्बाट सार्वजनिक खरिद नियमावली नै संशोधन गराएका ठेकेदार दीपक भट्टले प्रहरीले रद्द गरिसकेको ठेक्काको म्याद थपका लागि निवेदन दिएका छन् । तर, प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार गरेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ -ठेकेदार भट्टको कम्पनी पेरोल इन्टरप्राइजेजले नेपाल प्रहरीको सञ्चारसम्बन्धी ठेक्काको म्याद थपका लागि निवेदन दिएको हो । यो कम्पनी उनले आफ्नो सहयोगीको नाममा दर्ता गराएका छन् ।
गत वर्षको जेठमा उनले प्रहरीको डिजिटल सञ्चार सेटसम्बन्धी ठेक्का पाएका थिए । ६ महिनाभित्रै सामान उपलब्ध गराउने सम्झौता भए पनि १० महिनासम्म कुनै प्रगति नभएपछि गत ११ वैशाखमा प्रहरीले सम्झौता रद्द गरेको थियो ।
तर, सम्झौता रद्द भएको तीन दिनपछि ठेकेदार भट्ट राजनीतिक पहुँच प्रयोग गर्दै मन्त्रिपरिषद्बाट सार्वजनिक खरिद नियमावली नै संशोधन गराउन सफल भएका थिए । सम्झौताको अवधि बाँकी रहँदै भने उनले म्याद थपका लागि निवेदन दिएका थिएनन् ।
‘संशोधित सार्वजनिक खरिद नियमावलीअनुसार म्याद थपका लागि आवेदन आएको थियो,’ प्रहरीको प्रबन्ध निर्देशनालयका एक अधिकारीले भने, ‘तर, रद्द भइसकेको ठेक्काको म्याद थप गर्ने कुरा भएन, हामीले निवेदन दर्ता गरेनौँ ।’ प्रहरीले भट्टको धरौटी जफतको प्रक्रिया अघि बढाइसकेको छ ।
गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले १०औँ पटक नियमावली संशोधन गर्दै दफा १२० मा उपदफा १ ९ग० थप गरेको थियो ।
जसमा भनिएको छ, ‘उपनियम १९क०, १९ख० मा जेसुकै लेखिएको भएता पनि यो उपनियम प्रारम्भ हुनुअघि म्याद समाप्त भई कुनै कारणवश त्यस्तो म्यादभित्र म्याद थपका लागि निवेदन दिन नसकेको सम्बन्धित निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदाताले यो उपनियम प्रारम्भ भएको मितिले एक्काइस दिनभित्र म्याद थपका लागि निवेदन दिन सक्नेछ ।’
लकडाउनको कारण देखाएर नियमावली संशोधन गरिएको थियो । संशोधित नियमावलीअनुसार म्याद थप हुनुपर्ने ठेकेदार भट्टको दाबी छ । तर, प्रहरीले उनलाई रद्द गरिसकेको सम्झौताको म्याद थप नहुने जवाफ दिएको छ ।
प्रदेश १ का झापा, मोरङ, सुनसरी र धनकुटामा डिजिटल ट्रेकिङ सिस्टम जडानको ठेक्का भट्टको कम्पनीले पाएको थियो । अमेरिकी कम्पनी मोटोरोलाको टी २५ कम्युनिकेसन सिस्टम उनले प्रहरीलाई उपलब्ध गराउने सम्झौता थियो ।
भट्टकै कम्पनीलाई मिल्ने गरी प्रहरी प्रधान कार्यालयले टेन्डर डकुमेन्ट बनाएको थियो । उक्त प्रविधि एक किसिमको सानो मोबाइल नेटवर्क नै हो । यस्तो सिस्टमको सञ्चार सेटमार्फत एसएमएस तथा ग्रुप कल गर्न मिल्छ ।
दुर्गम क्षेत्रमा पनि नेटवर्क राम्रो हुन्छ । प्रहरीको जियो लोकेसन मुख्यालयबाटै हेर्न मिल्छ । तर, अहिलेको समयमा यो महँगो प्रविधि अत्यावश्यक नभएको प्रहरी अधिकारीहरू बताउँछन् ।
अर्कोतर्फ प्रहरी संघीयताको संघारमा छ । प्रदेश प्रहरीहरू स्वायत्त हुने संवैधानिक प्रावधान छ । यस्तो वेलामा प्रहरी प्रधान कार्यालयले एउटा प्रदेशका चार जिल्लामा यस्तो सिस्टम जडान गर्न लागेकोमा समेत प्रहरी अधिकारीले उचित ठानेका छैनन् ।
सिस्टम जडानका लागि नेपाल प्रहरीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत गत फागुनमा मात्र फ्रिक्वेन्सी लिएको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: