Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

संविधानको मस्यौदा बिक्रीमा

\"mashauda\"२८ असार, काठमाडौँ । संविधानसभाले निःशुल्क प्रचारप्रसार र राय सुझावका लागि वितरण गरिरहेको संविधानको पहिलो मस्यौदा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अनधिकृत बिक्री भएको पाइएको छ । काठमाडौँको पत्रपत्रिका बिक्रीवितरण हुने मुख्य केन्द्र नयाँ सडकस्थित भूगोलपार्क र त्यहाँबाट उपत्यकाका विभिन्न पुस्तक तथा स्टेसनरी पसलमा गेसपेपर र गाइडजस्तै अनधिकृतरुपमा मस्यौदा बिक्री भइरहेको पाइएको हो । रु एक सय मूल्य राखी बिक्री भइरहेको मस्यौदाको पुस्तिकाको उत्पादकमा संविधानसभाको मस्यौदा समितिकै नाम राखिएको छ भने अन्य कुनै प्रकाशक वा मुद्रकको नाम ठेगाना दिइएको छैन । प्रदर्शनीमार्गस्थित एक पुस्तक पसलमा मस्यौदा बिक्री भइरहेको राससले पाएपछि ती पुस्तक पसलका सञ्चालकले यसमा आफ्नो दोष नभई भूगोलपार्कबाट अन्य पुस्तक पसलले लगेकाले आफूले पनि ल्याएको जनाए । संविधानसभा/व्यवस्थापिका–संसद्का सहप्रवक्ता सुदर्शन कुइँकेलले मस्यौदा पुस्तिका बिक्री गर्ने व्यवस्था नगरिएको र बिक्री भएको भन्नेबारे हालसम्म जानकारी नआएको बताए । संविधानसभाले जनताको राय सुझव लिई प्रतिवेदन तयारीका लागि नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिलाई जिम्मा दिएपछि समितिले कार्ययोजना बनाई मस्यौदाको प्रचारप्रसार गरिरहेको छ । समितिले संविधानसभाको यही असार २४ गतेको बैठकमा पेस गरेको कार्ययोजनामा नेपालको संविधान, २०७२ ९प्रारम्भिक मस्यौदा० विधेयकका रुपमा मुद्रण विभागबाट नेपाल राजपत्रमा सो मस्यौदा पाँच हजारप्रति प्रकाशन भएको जनाएको थियो भने संविभानसभाले पनि अलग्गै करिब एक लाख प्रति मस्यौदाको पुस्तिका प्रकाशन गरेको थियो । गोरखापत्र, रेडियो नेपाललगायत विभिन्न सञ्चार माध्यममा पूर्ण अंश प्रकाशन तथा प्रसार गरिएको छ । यही असार २४ गतेदेखि साउन ७ गतेसम्म सुझाव सङ्कलनका क्रममा प्रत्येक जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चालन हुने छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको समन्वय र सहकार्यमा जिल्ला विकास समिति, नगरपालिका र गाविसमा निःशुल्क मस्यौदा उपलब्ध गराइने उल्लेख छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending