Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

लकडाउनको ५८ दिन स् तीन भेन्टिलेटर सरकारले किन्यो, १२ एनजिओले दिए

काठमाडौं । कोभिड रोकथाम तथा उपचार गर्न १८ फागुनमा गठन भएको उच्चस्तरीय समितिले ८० दिन पार गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ -त्यस्तै, ११ चैतमा सुरु भएको लकडाउनले पनि दुई महिना छुन खोज्दै छ । कोभिड बिरामीलाई बचाउने अन्तिम संसाधन भेन्टिलेटर हो, तर यसबीचमा देशभर जम्मा १५ भेन्टिलेटर थपिएका छन् । त्यसमा पनि १२ वटा अरू संस्थाले दिएका हुन् ।

सरकारले कोभिड उपचारका लागि जम्मा तीन सय ९६ आइसियू र एक सय ५६ भेन्टिलेटर तयार पारेको छ । आइसियू र भेन्टिलेटर सञ्चालनका लागि तीन सय ८५ स्वास्थ्यकर्मी तयार छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार निक साइमन फाउन्डेसनले १० वटा भेन्टिलेटर सहयोग गरेको छ भने वान हार्टनामक गैरसरकारी संस्थाले दुईव टा दिएको छ । यसबीचमा टेकु अस्पतालले तीन वटा भेन्टिलेटर खरिद गरेको हो ।

निक साइमन फाउन्डेसनले टेकु अस्पतालका लागि भनेर आठ भेन्टिलेटर दिएको थियो । ‘टेकु अस्पतालले भेन्टिलेटर व्यवस्थापनको तयारी पनि गरेको थियो, जिल्लामा पनि चाहियो भनेर अन्तिममा एउटा मात्र दिइयो,’ टेकु अस्पतालका निर्देशक डा। सागर राजभण्डारी बताउँछन् । यसरी निक साइमन दिएको एउटा र अस्पतालले किनेका तीन गरी टेकुमा चार भेन्टिलेटर थपिएका छन् । टेकुमा चार भेन्टिलेटर पहिल्यै थिए ।

निक साइमनले दिएका १० भेन्टिलेटरमध्ये दुईवटा बाग्लुङ, दुई बुटवल, दुई सुर्खेत, दुई धनगढी, एउटा वीरगन्ज र एउटा टेकु अस्पतालमा राखिएको छ । त्यस्तै वान हार्टले दिएको दुईमध्ये एउटा विराटनगर र एउटा बाग्लुङ पठाइएको महानिर्देशक श्रेष्ठले बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि सात भेन्टिलेटर किन्ने तयारी गरेको छ । तर, अहिलेसम्म आइसकेका छैनन् ।

कान्ति बाल अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका २६ भेन्टिलेटर बिग्रिएका छन् । कान्ति बाल अस्पतालमा १०, वीरमा आठ र राष्ट्रिय ट्रमा सेन्टरमा आठवटा भेन्टिलेटर मर्मत गर्नुपर्ने अवस्थामा छन् । तर, यो महत्वपूर्ण चार महिना ती भेन्टिलेटर मर्मत गर्ने काम पनि भएको छैन ।

कान्ति बाल अस्पतालका निर्देशक डा। कृष्ण पौडेल भन्छन्, ‘बिग्रिएका १० भेन्टिलेटर मर्मत गर्न २० देखि २५ लाख रुपैयाँ लाग्छ । बीचमा महावीर पुनको टोलीले भेन्टिलेटर बनाउने चर्चा आएको थियो, तर त्यो काम अघि बढेन ।’

शिक्षण अस्पताल महाराजगन्जमा ६ र राष्ट्रिय ट्रमा सेन्टरका सात वटा भेन्टिलेटर मर्मत भएका छन् । हाल शिक्षणमा २० र ट्रमा सेन्टरमा १७ भेन्टिलेटर सञ्चालनमा छन ।

सरकारले कोरोना भाइरस संक्रमितको अवस्था जटिल भएमा आइसियूमा भर्ना गर्नुपर्ने जनाउँदै १५ दिनभित्र उपत्यकामा एक सय २० आइसियू थप्ने गर्ने निर्णय गरेको थियो । टेकुले ४० र अन्य चार अस्पतालले २० बेडका दरले आइसियू थप्ने गरी रकम निकासा पनि भएको थियो । तर, १५ दिनभित्र गर्ने भनिएको काम दुई महिनामा पनि पूरा भएको छैन ।

निर्णय भएको पहिलो साता नै २० बेड आइसियू ल्याएको टेकु अस्पतालले अहिलेसम्म ती बेड सञ्चालनमा ल्याउन सकेको छैन । अस्पतालमा अक्सिजन प्लान्ट नभएका कारण आइसियू जडानमा ढिलाइ भएको हो ।

अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडा भन्छन्, ‘अक्सिजन प्लान्टको जडानले केही ढिला भएको हो, अब छिटै जडान गर्छौँ ।’ टेकु अस्पतालले ४० बेड आइसियू थप्ने जिम्मेवारी पाएको छ ।

त्यस्तै पाटन अस्पतालले भने नयाँ जडान गर्नुको विकल्पमा पुरानै र नचलेका आइसियूलाई कोभिड उपचारका लागि तयार पारेको छ । ‘सरकारले भनेअनुसार २१ बेड आइसियू तयार पारिएको छ,’ अस्पतालका निर्देशक डा। विष्णु शर्मा भन्छन् ।

यता वीर अस्पतालले भने आइसियू थप्न पाएको १२ करोड ५० लाखमध्ये एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन । वीरले दुई महिनासम्म खरिद प्रक्रिया पनि अघि बढाएको छैन । अस्पतालका निर्देशक डा। केदारप्रसाद सेञ्चुरी भन्छन्, ‘अब चाँडै नै प्रक्रिया अघि बढाइने छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy