जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ७८ पुगेको छ । यस प्रदेशमा छ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कोरोनासम्बन्धी तथ्याङ्कलाई उद्धृत गर्दै सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
यस प्रदेशमा थपिएका छ जना पुरुष छन् । सर्लाही जिल्लाको हरिपुर नगरपालिका–७ घर भई बाराको कलैया उपमहानगरपालिकामा बस्दै आएका ४८ वर्षीय, रौतहट जिल्ला स्थायी घर भई कलैया बस्दै आएका ३२ वर्षीय, पर्सा स्थायी घर भइ हाल कलैया बस्दै आएका ३४ वर्षीय र कलैया–१६ का ३२ वर्षीय साथै वीरगञ्जका २५ वर्षीय र वीरगञ्ज–१६ को नगबा बस्ने ६० वर्षीय व्यक्ति छन् ।
वीरगञ्जका यी दुईमध्ये एकजनालाई क्न्ट्याक्ट ट्रेसिङको आधारमा र एकजना भारतबाट आउनु भएका थिए । दुवै जनालाई वीरगञ्जको त्रियुद्ध क्वारेन्टाइन बस्दै आएका थिए । यस जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले क्वारेन्टाइनको सङ्ख्या पनि थपिँदै गइरहेको छ ।
यस प्रदेशमा २६४ वटा क्वारेन्टाइनमा १२ हजार ९१८ श्यया रहेको छ । यतिखेर, नौ हजार २२० जना क्वारेन्टाइनमा, पाँच हजार २९६ जना होम क्वारेन्टाइनमा र आइसोलेशनमा १७३ जना बसेका छन् । यस प्रदेशमा आइसोलेशन श्ययाको सङ्ख्या ४८१ रहेको छ । यस प्रदेशमा आजसम्ममा आठ हजार २५४ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा ६ हजार १२० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक हजार ५९६ जनाको रिपोर्ट आउन बाँकी छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: