सर्लाही । जिल्लामा क्रियाशील पत्रकारको कोरोना बीमा शुरु भएको छ । फ्रण्टलाइनमा रहने पत्रकार कोरोनाको उच्च जोखिममा रहेकाले उनीहरुको कोरोना बीमा गर्न शुरु गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले बताए ।
प्रदेश नं २ मा कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको र त्यसबाट स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगै फ्रण्टलाइनमा रहेर समाचार सम्प्रेषण गर्ने पत्रकारसमेत उच्च जोखिममा रहेकाले उनीहरुको बीमा गर्न शुरु गरिएको महासङ्घका अध्यक्ष ठाकुरले बताए ।
छिमेकी देश भारतसँग प्रत्यक्ष सीमा जोडिएको जिल्लाको ५१ किलोमिटर क्षेत्रफल खुला रहेका कारण पनि जिल्लामा कोरोना सङ्क्रमणको जोखिम छ भने जोखिमका बीच पनि फ्रण्टलाइनमा रहेर समाचार सम्प्रेषण गर्ने पत्रकारप्रति लक्षित गरी कोरोना बीमा गर्न लागिएको महासङ्घ शाखाले जनाएको छ ।
जिल्लामा क्रियाशील पत्रकारको बीमाका लागि नेपाल पत्रकार महासङ्घ केन्दीय कार्यालयबाट समेत परिपत्र भइसकेकाले पनि कोरोना बीमामा आवद्ध हुन जिल्लाका पत्रकारलाई सूचना गरिसकेको महासङ्घ सर्लाही शाखाले जनाएको छ ।
जिल्लामा महासङ्घमा आवद्ध ६७ र स्थानीय विभिन्न रेडियो, पत्रपत्रिका तथा अनलाइनमा क्रियाशील करिब १०० पत्रकारको बीमा गरिने भएको हो । उहाँका अनुसार बीमा गर्नका लागि पत्रकारले नागरिकता पमाणपत्रको फोटोकपी एकप्रति र पासपोर्ट साइजको फोटो एकप्रति उपलब्ध गराउनुपर्ने छ । तोकिएका कागजात जेठ १३ आज बेलुका ४ बजेसम्म शाखाको कार्यालय मलङ्गवामा उपलब्ध गराइदिन महासङ्घ सर्लाही शाखाका अध्यक्ष ठाकुरले जिल्लाका सबै क्रियाशील पत्रकारलाई आग्रह गरेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: