Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

स्वदेश फर्किँदै नेपाली: हेर्नुस् उडान तालिका र भाडादर

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन उडानको मिति र भाडा दर तोकेको छ ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्ससँगै अब विदेशी जहाजले पनि उडान गर्न पाउने भएका छन् ।

पहिलो चरणको प्राथमिकतामा परेका ३० देशका २४ हजार १४८ नेपाली स्वदेश फिर्तीका लागि मन्त्रालयले तालिका तयार पारेर कोभिड १९ व्यवस्थापन केन्द्र सिसीएमसीलाई बुझाएको छ ।

मन्त्रालयले सीसीएमसीलाई उपलब्ध गराएको तालिका अनुसार जेठ २९ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका बनेको छ ।

३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने भएको छ । त्यसका लागि नेपाल एयरलाइन्सले २४, हिमालय एयरलाइन्स १९ र विदेशी जहाजले २४ वटा उडान भर्नेछन् ।

उडान तालिका

जेठ २९ गतेः कुवेतबाट दुई उडान
जेठ ३२ गतेः बंगलादेश
असार १ गतेः माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमन
असार २ गतेः संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, श्रीलंका र माल्दिभ्स
असार ३ गतेः अष्ट्रेलिया, थाइल्यान्ड, बहराइन, बंगलादेश, कतार र संयुक्त राज्य अमेरिका
असार ४ गतेः साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेसिया र ओमन
असार ५ गतेः जापान, कुवेत, साउदी अरब र नाइजेरिया
असार ६ गतेः साइप्रस, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, बंगलादेश र युरोपियन युनियन
असार ७ गतेः दक्षिण कोरिया, ओमन, कुवेत र मलेसिया
असार ८ गतेः अष्ट्रेलिया, थाइल्यान्ड, पाकिस्तान र कतार
असार ९ गतेः जापान, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स र युगान्डा
असार १० गतेः साउदी अरब, कुवेत
असार ११ गतेः साइप्रस र इजरायल

भाडादर

मन्त्रालयले विदेशबाट हुने नेपालीको उद्धारका लागि हवाई भाडादर निर्धारण गरेको छ ।

साउदी अरबको दमामका लागि पाँच सय ९० डलर, रियादका लागि ६ सय ३० डलर, जेदहाका लागि ७ सय ७० डलर, कुवेतका लागि पाँच सय ७० डलर, कतारको दोहाका लागि पाँच सय ४५ डलर, ओमानका लागि पाँच सय १० डलर, यूएईको दुबई, आबुधावी र शारजाहका लागि समान ५ सय डलर भाडा तोकिएको छ ।

\"\"

यस्तै मलेसियाको क्वालालाम्पुरका लागि पाँच सय २० र बहराइनका लागि पाँच सय ४५ डलर तोकिएको छ। नारिताका लागि ९ सय ३५ डलर, जोर्डनका लागि ८ सय १५, साइप्रसका लागि ८ सय ७५, लन्डनका लागि एक हजार ३ सय ४० र जर्मनीको फ्रान्कफर्टका लागि एक हजार २ सय ५५ डलर भाडा तोकिएको छ ।

हङकङका लागि पाँच सय ५०, माल्दिभ्सका लागि पाँच सय ५, कम्बोडियाका लागि ४ सय, बैंककका लागि ३ सय ९०, नयाँ दिल्लीका लागि २ सय ५, बैंगलोरका लागि ३ सय ३५, मुम्बईका लागि ३ सय १०, बंगलादेशका लागि एक सय ६५ र सुडानको खार्तुनका लागि ९ सय ४० डलर तय भएको छ ।

उडानका नियम

चार्टर्ड उडानको नाममा ट्राभल एजेन्सीले अकुत पैसा असुल गरेको भन्दै यात्रुले तिर्नुपर्ने भाडादर नै तोकेको सरकारले टिकेटिङको व्यवस्थापन एयरलाइन्सले नै गर्नुपर्ने निर्णय गरेको छ ।

यात्रुको व्यवस्था भने नेपाल सरकारको कुटनीतिक नियोगले गर्नुपर्ने छ । कुनै पनि क्षेत्रमा न्यूनतम ८५ प्रतिशत यात्रु भएपछि मात्र एयरलाइन्सले चार्टर्ड उडान गर्ने छ ।

\"\"

नेपाल आउने यात्रुले पिसिआर तथा आरडिटी परीक्षणबाट नेगेटिभ रिजल्ट रहेको प्रमाण पेस गर्नुपर्ने छ । त्यस्तै नेपाल आएपछि सरकारको नियमअनुसार क्वारेन्टिनमा बस्नुपर्ने छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending