चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न हालसम्म रु ८९ लाख ४३ हजार ४३० खर्च गरेको छ । नगर प्रमुख प्रभा बरालले कोरोना तीन महिनामा राहतसहित विभिन्न शीर्षकमा सो रकम खर्च भएको जानकारी दिए ।
उनका अनुसार राहतमा रु ६५ लाख ३१ हजार २५६, स्वास्थ्य सामग्री खरिदमा रु आठ लाख ९६ हजार ७६१, क्वारेन्टिनमा रु दुई लाख ८२ हजार ६१२ खर्च भएको छ । यस्तै क्वारेन्टिनमा रहेको व्यक्तिको खाना, खाजा खर्चमा रु सात लाख ४९ हजार २७०, सवारी चालकका लागि रु एक लाख २२ हजार ८३०, कोरोना बीमा रु एक लाख ३७ हजार ४२०, इन्धन खर्च रु ४१ हजार ४२, एम्बुलेन्स भाडा रु ३५ हजार २२० र अन्यमा एक लाख ४१ हजार नौ खर्च भएको छ । सो खर्चलाई कार्यपालिका बैठकले अनुमोदन समेत गरेको छ ।
नगरपालिकाका १२१ जनाले १८ देखि २१ दिन क्वारेन्टिनमा बसेको उनले जानकारी दिए । ती मध्ये १३ महिला, १०१ पुरुष, तीन बालबालिका, दुई गर्भवती र दुई वृद्धा रहेका छन् । १३ वटा वडामा ६४ हजार जनसङ्ख्या रहेको सो नगरपालिकाले छ हजार ५३२ जनालाई राहत वितरण गरेको जनाइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: