Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

जापानद्वारा अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद स्थगित

टोकियो । जापान सरकारले अर्बौं डलरको अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद सम्बन्धी एक सम्झौता स्थगित गरेको छ । जापान सरकारले हाल उक्त कार्यक्रम नै स्थगित भएको जनाउँदै खरिद कार्य रोक्ने निर्णय गर्नु परेको जनाएको छ ।

एजिस एशोर प्रतिरक्षा प्रणाली जापानका दुई स्थानमा तैनाथ गर्ने कार्यक्रम यसअघि घोषणा गरिएको थियो, तर यो प्रणाली निकै महँगो र आवश्यक नरहेको भन्दै विवादमा तानिएको थियो ।

क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट सिर्जना हुने जोखिमका बारेमा स्थानीयबासीले निरन्तर दबाब दिएपछि जापान सरकारले उक्त प्रणाली तत्काल खरिद नगर्ने निर्णय गरेको जापानको रक्षा मन्त्रालयले जनाएको छ ।

जापानका रक्षामन्त्री तारो कोनोले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीको एक बैठकमा भने, “राष्ट्रिय सुरक्षा परिषदले यसका बारेमा छलफल गरेको छ, र अकिता एवं यामागुचीमा एजिस एशोर क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नराख्ने निर्णय भएको छ ।”

सरकारले शुरुमा यो प्रतिरक्षा प्रणाली रहने क्षेत्रका मानिसलाई उनीहरुका घरहरुमा कुनै पनि क्षेप्यास्त्र नखस्ने भन्दै आश्वस्त बनाएको थियो ।

तर गत साता उक्त अत्याधुनिक प्रणाली स्थगित गरेको घोषणा गरिएको थियो । रक्षामन्त्री कानोले यो हार्डवेयर जडान गर्न निकै समय र लागत दुबै लाग्ने बताएका छन् ।

सन् २०१७ मा स्वीकृत भएको एजिस एशोर प्रणालीका लागि जापानले ४ अर्ब २० करोड अमेरिकी डलर खर्च गर्न लागेको थियो । यो खर्च ३० वर्षका लागि हो । तर यसको लागत समयक्रममा अरु बढ्ने अनुमान गरिएको थियो ।

खासगरी उत्तर कोरियाले क्षेप्यास्त्र प्रणाली सुधार गरेपछि जापानले नयाँ अमेरिकी हतियार खरिद गर्ने प्रस्ताव अघि सारेको थियो । साथै, अमेरिकासँगको सम्बन्ध अझ सुदृढ बनाउन पनि यो हतियार किन्ने चाहना जापानले राखेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी गठबन्धनका मुलुकहरुलाई अमेरिकी हातहतियार समेत अमेरिकी सामग्री बढी खरिद गर्न निरन्तर आग्रह गर्दै आएका थिए ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले गत साता एजिस एशोर प्रणालीको विकल्पमा अरु अमेरिकी सैन्य प्रणाली खरिद गर्ने बारेमा विचार गरिरहेको बताएका थिए। एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending