Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

गाउँपालिकाले कृषकका आलु बारीबाटै किनिदियो

स्याङ्जा । आँधीखोला गाउँपालिकाले कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद गरिदिएको छ । आँधीखोला–१ भक्किमले, दत्तेलटे र त्रिवेणीका बर्खे आलु बारीबाटै सो गाउँपालिकाले खरिद गरिदिएपछि उनीहरु उत्साहित भएका छन् । त्यहाँका ५४ घरका कृषकले ९० रोपनी बाँझो जमीनमा समूहिक रुपमा आलु लगाएका थिए । गाउँपालिकाले ४२ टन आलु रु ५५ का दरले खरिद गरेको हो ।

तरकारी, फलफूल लगायतका उत्पादित वस्तु लकडाउनका कारण बिक्री नभएर त्यतिकै फाल्नु पर्ने साथै बिचौलियाले कृषकसँग सस्तो मूल्यमा लिएर महँगो मूल्यमा बेच्दै आएको अवस्था रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बन्दाबन्दीका समयमा कृषकले उत्पादन गरेको बर्खे आलु गाउँपालिकाले खरिद गरेर बिक्री गर्ने व्यवस्था मिलाएको बताए । उनले भने, “बन्दाबन्दीको बेला छ किसानले सामूहिक रुपमा लागाएको आलु बिक्री नभएमा कृषक हतोत्साहित हुन सक्ने भएकाले कृषकलाई ऊर्जा थप्नका लागि गाउँ पालिकाले नै बिक्रीको जिम्मा लिएर बेचिरहेको छ ।” व्यावसायिक कृषक तयार गर्दै कृषिमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यअनुसार गाउँपालिकाले काम गरिरहेको बताउँदै कृषकले उत्पादन गरेको सम्पूर्ण वस्तुको जिम्मा गाउँपालिकाले लिने उनले जानकारी दिए । कृषकको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले आलु सङ्कलन गरी कृषि एम्बुलेन्समार्फत बिक्री गरेको उनको भनाइ रहेको छ ।

युवा कृषक चुडामणि पौडेलले भने, “आलु त लगाइयो यो बन्दाबन्दीको समयमा कसरी बिक्री गर्ने भन्ने चिन्ताले सताएको थियो । गाउँपालिकाले हाम्रो बारीबाटै उत्पादित आलु खरिद गरिदिएपछि यतिबेला निकै खुशी लागेको छ ।”

अहिलेको बन्दाबन्दीको अवस्थामा गाउँपालिकाद्वारा उपभोक्ताको घरघरमै सुपथ मूल्यमा आलु पु¥याउन थालेपछि स्थानीय उपभोक्ता उत्साहित भएको गाउँपालिका उपाध्यक्ष शर्मिलादेवी पौडेलले बताइन् । गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक विवेक आचार्यले आलु खेतीका लागि यस ठाउँको माटो, हावा र पानी उपयुक्त भएकाले आलु खेतीबाट राम्रो आम्दामी लिन सकिने बताइन्। उनले कृषकका हरेक समस्यामा आफू फिल्डमा नै पुगेर समस्या समाधानका लागि सल्लाह सुझावसमेत दिँदै आएको जानकारी दिइन् ।

गाउँपालिकाले किसानहरुलाई कृषि पेशातर्फ आकर्षण गर्नका लागि समयसमयमा मौसमअनुसारका बीउ बिजन, कृषि यन्त्रका साथै प्राविधिक सहयोगसमेत गर्दै आएको जनाएको छ ।

गाउँपालिकाले १ नं वडाका भक्किमले, दत्तेलटे र त्रिवेणीका कृषकले उत्पादन गरेको बर्खे आलु बारीबाटै खरिद गरेको हो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy